31/12/2025
आज मिति २०८२/०९/१६ गतेका दिन पोखरा महानगरपालिका वडा नं १३ ढाँडबेसीमा रहेको आर्वा विजय मा.विको ४२औंवार्षिकउत्सव,अभिभावक दिवस एवम सांकृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबसागर बरालज्यु को अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष श्री किरण बराल ज्युको प्रमुख आतिथ्यतामा गरीएको उक्त कार्यक्रममा विशेष अतिथि शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीज्यु, पोखरा महानगरपालिका वडा नं १३ का शिक्षा समन्वय संयोजक श्री राजेन्द्र भन्डारीज्यु रहेको उक्त कार्यक्रममा निबर्तमान बि.व्य. स अध्यक्ष श्री हरिबहादुर बरालज्यु, गणीत बिषयका मा.बि. शिक्षक श्री गीता त्रीपाठी र नेपाली बिषयका नि. मा. बि.शिक्षक श्री शारदा पौडेल सम्मानित हुनुभएको छ।