29/08/2026
जनै पूर्णिमा को अवसर पारेर यस "गृहकोट माथिल्लो हटिया मानन्धर समाज" द्वारा आयोजना गरिएको छैठौं दिनको पहिलो खेल "गैराखोला VS चैनपुर" रहेको खेलमा गैराखोलाका खेलाडीहरूले आफ्नो खेललाई सुनिश्चित गरेका थिए भने दोस्रो खेल "आयोजक A VS आयोजक B" रहेको खेलमा आयोजक A ले आफ्नो खेललाई सुनिश्चित गरेका हुन् । तेर्सो खेलमा "चित्रे VS चेप्टे" को खेलमा चेप्टेका खेलाडीहरूले आफ्नो खेललाई सुनिश्चत गरेका छन् । चौठो खेल "रघु VS ओम्जर" को खेलमा ओम्जरले आफ्नो खेल सुनिश्चित गरेका हुन् ।पाचौ खेलमा कालिकोट VS मल्याङ्कोट" मा कालिकोटले सुनिश्चित गरेका थिए । छैठौं खेलमा "गैराखोला VS चेप्टे" मा गैराखोला ले सुनिश्चित गरेका हुन् । सातौ खेलमा " नागिस्थान VS धेगाछाप" मा नागिथानले सुनिश्चित गरेका हुन् । आठौं खेल ओम्जर VS कालिकोट" मा ओम्जर ले सुनिश्चित गरेका हुन् । खेल संयोजक/अध्यक्ष ईमान मानन्धर ज्यू ले जानकारी दिएका हुन् । खेललाई अनुशासन, मर्यादित तरिकाले खेलाउनु हुने राष्ट्रिय रेफ्री सुरेश आले र प्रादेशिक रेफ्री विनोद थापा ज्यू ले हेर्नू भएको थियो भने खेल संयोजकत्वमा ईमान मानन्धर ज्यू र आयोजकहरूले यस खेलहरूलाई जिम्मेवारी लिएका थिए । यस खेलहरूको प्रत्यक्ष प्रसारण (Live) "Hamro Media TV" द्वारा गरिएको थियो । हरेक दिनका भिडियोहरू Youtube Live Video मा हेर्न सक्नुहुनेछ ।धन्यवाद ।🙏❣️
Youtube Channel :- Hamro Media TV
LINK :- https://youtube.com/?si=kqDnLWUDhJocYhG6
Visit channel and Subscribe 🙏