RiseUp

RiseUp Empowering voices, inspiring change. ✊🤝💥🙏

मन्त्रीको आदेश मानेर भोलि कसैले साच्चै खुट्टा भाचिदियो भने कारबाही कसलाई हुन्छ ? भाच्नेलाइ कि आदेश दिनेलाई ? भ्रष्टाचारी...
15/06/2026

मन्त्रीको आदेश मानेर भोलि कसैले साच्चै खुट्टा भाचिदियो भने कारबाही कसलाई हुन्छ ? भाच्नेलाइ कि आदेश दिनेलाई ? भ्रष्टाचारीले सिमित मात्रमा राज्यको ढुकुटी खाए पनी सामाजिक सद्भाव र अनुशासनमा त्यति दख्खल दिदैन तर उहाँ मन्त्री ज्यु को आदेश मान्ने हो भने त सारा नेपाली समाज गुन्डागर्दीमा उत्रन्छ । त्यसपछिको देश कस्तो होला ? सामाजिक एकता के होला ? भोलि यिनै मन्त्रीहरुले समयमा भनेको सबै काम गर्न नसकेको खण्डमा टाउको फुटाइदियो भने कारबाही हुन्छ कि सम्मान ? काम गर्न जनमत पाएकाले काम गर्ने हो अराजकता फैलाउदै हिड्ने होइन ! देशमा बाटो बन्ला, उधोग खुल्ला, गगन चुम्मी महल ठडिएला तर त्यति बेला सम्म सबै जनता सडकमा खुकुरी नचाउदै हिड्ने अवस्था आयो भने कसले रोक्ने ? किन रोक्ने ? कसरी रोक्ने ? यो देशमा गुन्डागर्दी बैधानिक भएको हो मन्त्री ज्यु ? होसमा भएको एउटा जिम्मेवार मन्त्री ले यस्तो बोल्न सक्दैन । लौ अब घन्टी बजाउने हो कि मान्छे बजाउने हो जे मन लाग्छ त्यहीँ बजाउ ।

15/06/2026

रम्भामा बर्खा अगाडी नै भयो यस्तो चमत्कार ! बृद्ध देखी युवा सबै सडक मा !

15/06/2026

काम नगर्ने ठेकेदार को खुट्टा भाच्न आदेश दिदै हुनुहुन्छ मन्त्री ज्यु ! एउटा मन्त्री ले यस्तो भन्न मिल्छ ? देशमा कानुन किन बनाएको हो यसरी खुट्टा भाच्दै हिड्ने हो भने ? कानुन कागज को खोस्टोमा मात्र हो ? एउटा महिला कर्मचारी ले काम नगरे बलात्कार गर्दिने ? एउटा मन्त्री ले काम नगरे मार्दिने ? कस्तो सस्कार को बिकास गर्दै हुनुहुन्छ तपाई ? हामी कानुनी राज्यमा छौ कि जंगली राजमा ? यो त पटक्कै भएन है ! अहिले त समाज भड्केको छ ठिक छ तपाईं हरुले लोकप्रियता को लागि यस्तो बोल्नुहोला तर भोलि तपाई हरुले नतिजा दिन नसके जनताले तपाईं कै खुट्टा भाचे भने के गर्ने ? हैट ! कस्तो उत्ताउको कुरा गर्या होला । बिकास नचाहिएको होइन चाहिएको छ तर सबै कुरा कानुन अनुसार हुनुपर्छ नत्र त्यो कानुन किन चाहियो बलियो ले निर्वलियो लाई ठोके त भयो ।

गलतलाई गलत भन्न छोडिन्न !​हिजो पुराना राजनीतिक दलहरूले 'चन्दा आतङ्क' मच्चाउँदा पनि हामी कानका जाली फुट्ने गरी चिच्याएकै ...
14/06/2026

गलतलाई गलत भन्न छोडिन्न !

​हिजो पुराना राजनीतिक दलहरूले 'चन्दा आतङ्क' मच्चाउँदा पनि हामी कानका जाली फुट्ने गरी चिच्याएकै हौँ; आज नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यही गल्ती दोहोर्‍याउँदा पनि हामी चुप बस्न सक्दैनौँ, चिच्याइरहने छौँ । हामी कुनै दलको झोला बोक्दैनौँ; बोक्नै परे देशको झोला बोक्छौँ । त्यसैले त निर्धक्कसँग सही र गलत छुट्याउने आफ्नो विवेकको धरातलमा बाँच्न पाइएको छ ।

​सडक निर्माणका लागि व्यापारीहरूसँग चन्दा माग्ने हो कि अर्थ मन्त्रालयसँग बजेट माग गर्ने हो ? आफ्नै पार्टीका नेता अर्थमन्त्री हुनुहुन्छ, आफ्नै दलको दुई-तिहाइको शक्तिशाली सरकार छ, अनि फेरि व्यापारीकै पसिनामा किन आँखा गाडेको ? रास्वपाको स्थापनाकालिन नीति र सिद्धान्तले 'चन्दा उठाउन पाइँदैन' भनेको होइन र ? कि ती नीतिहरू केवल कागजका पानामा सीमित राख्नका लागि मात्र हुन ? व्यवहारमा त 'हामी र पुराना दलहरू एउटै हौँ' भन्न खोजिएको हो ?

​गल्तीमाथि थप गल्ती गर्दै जानु सिङ्गो पार्टीको भविष्यका लागि घातक सिद्ध हुनेछ । रास्वपाप्रति अन्धभक्त भएकाहरूका लागि यो आवाज 'विरोध' जस्तो लाग्न सक्छ, तर जसको चेतनाको बिर्को अलिकति मात्र भए पनि खुला छ, तिनीहरूका लागि यो आवाज एउटा सच्च शुभचिन्तकको सचेत गराउने प्रयास हो ।

रास्वपाको ​एकल नेतृत्वमा सरकार बन्दा हामी सचेत नागरिकहरू खुसी भएका थियौँ, तर त्यो खुसी यस्तै प्रवृत्तिका कारण निराशामा नबदलियोस ! यो व्यवहार पटक्कै स्वीकार्य छैन । आफूलाई 'नयाँ' भन्ने तर व्यवहार भने उही पुरानाकै जस्तो दोहोर्‍याउने हो भने, कुन नैतिक धरातलमा उभिएर आफूलाई नयाँ दाबी गर्ने ? किन यसलाई 'जान्नेहरूको पार्टी' भन्ने ?

​नीति एकातिर, प्रवृत्ति अर्कोतिर के यो सुहाउने कुरा हो ? ल भन्नुस त रास्वपाका 'जान्ने' साथीहरू, यसको जवाफ के छ ?

पहिलेको सरकारले किसान तर्साउन एनजीओ (NGO) लगाउँथ्यो । उनीहरू पाउडर दूध किनेर सडकमा खन्याउँथे ! भारतबाट कुहिएको टमाटर ल्य...
14/06/2026

पहिलेको सरकारले किसान तर्साउन एनजीओ (NGO) लगाउँथ्यो । उनीहरू पाउडर दूध किनेर सडकमा खन्याउँथे ! भारतबाट कुहिएको टमाटर ल्याएर सडकमा पोख्थे, ताकि किसानको कृषिप्रतिको रुचि घट्दै जाओस र सबै विदेश पलायन होऊन । तर, अहिलेको सरकारले त्यस्तो गर्दैन; अहिलेको सरकारसँग किसान तर्साउन आफ्नै सेना (प्रहरी/नगरप्रहरी) छ । यसले कहिले काफल बेच्नेलाई तर्साउँछ त कहिले साग बेच्नेलाई धम्काउँछ ।

​सबैको एउटै लक्ष्य छ गरिब लखेट्ने र देश खाली गर्ने । यो देशमा गरिबले भोट मात्र दिन पाउँछ; अरू सेवा-सुविधा र व्यापार गर्ने छुट धनाढ्यलाई मात्र छ । जसको सरकार बनोस, जो प्रधानमन्त्री बनोस, गरिब लखेट्नेबाहेक अरू केही गरेको छैन । नयाँ सरकार आएपछि त गरिबले न्याय पाउलान, आफ्नो पौरख गरेर खाने वातावरण बन्ला भनेको त झन यस्तो कहालीलाग्दो घटना दिनकै देख्नुपरेको छ । सरकार त सिंहदरबारको गुफामा कालो चस्मा लगाएर सुतेको छ, गरिबलाई कसरी देखूस ? गरिबको कसलाई चिन्ता ? के यो कालो सरकारले गरिबलाई न्याय देला त ?

काठमाडौँ देखि बुटवल जान हिँडेको यात्री झापा जाने बस चढेर कहिल्यै बुटवल पुग्दैन । सरकार कता जान खोज्दै छ भन्ने कुरा उसको ...
14/06/2026

काठमाडौँ देखि बुटवल जान हिँडेको यात्री झापा जाने बस चढेर कहिल्यै बुटवल पुग्दैन । सरकार कता जान खोज्दै छ भन्ने कुरा उसको वार्षिक बजेट र नीति तथा कार्यक्रमले बताउँछ । मसानघाट हिँडेर मन्दिर पुगिँदैन भन्ने कुरा अलिकति चेतना भएको मान्छेले बुझ्छ । तपाईं भन्नुहुन्छ सरकारको आलोचना गर्ने बेला भएको छैन, केही समय पर्खौँ ! कसरी पर्खने ? जहाँ पुग्नुपर्ने त्यहाँको बस चढेकै छैन, जता जानुपर्ने त्यता हिँडैकै छैन भने कसरी धैर्य गर्ने ?

​बालेन सरकारले जुन मध्यम वर्ग भनेर रटान लगाएको छ, यसको सीमा के हो ? मध्यम वर्ग भित्र को–को पर्छन ? घण्टी बोकेर हिँड्ने सबै मध्यम वर्ग हो कि के हो ? गरिब र मध्यम वर्ग छुट्याउने आधार के हो ? शहरमा ३–४ वटा घर र १५–२० करोड बैंक ब्यालेन्स हुने र बैंकमा खाता समेत नहुने, दुवैलाई मध्यम वर्ग मान्न मिल्छ ? धनीलाई अझ धनी बनाउने र गरिबलाई अझ गरिब बनाउने सरकारको बजेट त्यति चाखलाग्दो छैन । हामी जस्तो देशमै केही गर्नुपर्छ भन्ने युवाहरूलाई त झन कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तो छ ।

​जो किसान बीउ समेत किन्न सक्दैन, उसलाई के छ बजेटमा ? जसले हातमा सीप भएर पनि लगानी गर्न सकेको छैन, उसलाई के छ बजेटमा ? आलोचनात्मक चेतना शून्य भएका नयाँ प्रजातिका "झोले" हरूलाई यो त रास्वपाको विरोधी रहेछ भन्ने लाग्छ भने लागोस्, मलाई केही फरक पर्दैन। मेरो मस्तिष्कले पिसाब र पानीको स्वाद छुट्याउन सक्छ, तपाईंको मस्तिष्कले छुट्याउन सक्दैन भने त्यसमा मेरो के गल्ती ?

11/06/2026

युवाले गाउँ छोड्नु र बादर गाउँ पस्नु मा के सम्बन्ध छ ? किसान को बाली नस्ट गर्ने बादर नियन्त्रण कसरी गर्ने ? यस्तो छ बादर धपाउने सजिलो उपाय !

10/06/2026

जोक्कर हरु !

पानी बग्ने खोलो सुसाउँछ, दायाँबायाँ खेतबारीका कान्ला भत्काउँछ; तर पानी नै नबग्ने सुक्खा खोलो हेर्दै उराठलाग्दो हुन्छ । अ...
08/06/2026

पानी बग्ने खोलो सुसाउँछ, दायाँबायाँ खेतबारीका कान्ला भत्काउँछ; तर पानी नै नबग्ने सुक्खा खोलो हेर्दै उराठलाग्दो हुन्छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवादलाई पनि यसैगरी बुझ्नुपर्छ ।

जहाँ नेता र समर्थकको बाक्लो भिड हुन्छ, त्यहाँ वैचारिक विमति हुन्छ । अलिकति चित्त नबुझे झगडा हुन्छ, धेरै नै चित्त नबुझे कुर्सी हानाहान हुन्छ । राजनीतिमा यस्ता घटनालाई सामान्य रूपमा लिनुपर्छ ।

विरोध गर्न तयार छु, तर रोस्ट्रम घेर्न र नाराबाजी गर्न जाँदिनँ। संसद जनताको मुद्दा उठाउने ठाउँ हो, अवरोध गर्ने होइन।” - स...
08/06/2026

विरोध गर्न तयार छु, तर रोस्ट्रम घेर्न र नाराबाजी गर्न जाँदिनँ। संसद जनताको मुद्दा उठाउने ठाउँ हो, अवरोध गर्ने होइन।” - सुहाङ नेम्वाङ

Address

Palpa
800001

Website

Alerts

Be the first to know and let us send you an email when RiseUp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RiseUp:

Share