अम्बिका बाख्रा फार्म - Ambika Goat Farm

  • Home
  • Nepal
  • Palpa
  • अम्बिका बाख्रा फार्म - Ambika Goat Farm

अम्बिका बाख्रा  फार्म - Ambika Goat Farm उन्नत जातकाे पाठा-पाठी, बोका , उन्नत जा?

26/04/2024

75 •/• Boer Boka bikrima Weight 60-65 kg
PALPA

मौरी गोला विभाजन गर्ने तरीका
06/02/2022

मौरी गोला विभाजन गर्ने तरीका

26/10/2021

For more information Dr Kamaleshwar Bhat 9849895711

Queen Cell
17/10/2021

Queen Cell

15/09/2021

काठमाडौँ, २५ भदौ । सरकारले कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइदै आएको बीमा प्रिमियम अनुदान ८० प्रतिशत

स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.) घाँस एक परिचय १. परिचय:- स्टाइलो बहु वर्षे कोशे घाँस हो । यो अत्यन्त नरम र पोषिलो घाँस हो ।...
30/08/2021

स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.) घाँस एक परिचय
१. परिचय:- स्टाइलो बहु वर्षे कोशे घाँस हो । यो अत्यन्त नरम र पोषिलो घाँस हो । एक पटक लगाए पछि ५–६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ । सबै प्रकारका पशुहरुले रुचाएर खाने स्टाइलो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलता पूर्वक खेती गर्न सकिन्छ । नेपालको घाँस विकासमा स्टाइलोले निकै ख्याती कमाएको छ ।
२. बीउ छर्ने समय:- स्टाइलो घाँस मनसुन सुरु हुनु भन्दा पहिला नै छर्नु पर्दछ । त्यसैले स्टाइलो घाँस छर्ने उपयूक्त समय पहिलो झर पानी परेपछि वा वैशाख १५ देखि असार १५ सम्म उपयूक्त मानिन्छ । नियमित रुपमा पानी पर्न थालेपछि घाँसको बीउ छर्न उपयूक्त हुदैन । सिंचाइको सुविधा भएकोठाउँमा स्टाइलो फागुन चैतमा पनि छर्न सकिन्छ ।
३. बीउ छर्ने तरिका :-
बीउ मसिनो हुने भएकोले धेरै गहिराइमा छर्नु हुदैन । १ से.मि भन्दा तल परेको स्टाइलोका बीउ टुसाउन सक्दैनन् । साधारणतया १ हेक्टरका लागी ५ के.जी. बीउको आवश्यकता पर्दछ । सके सम्म बीउ लाइनमा छर्दा राम्रो हुन्छ । लाइनमा छर्न सम्भव भएन भने बीउ एकनासले पर्ने गरी तोरी छरे भै गरी छर्नु पर्दछ । बीउ मसिनो भएको हुँदा बीउ जतिकै मात्रामा मसिनु माटो मिसाएर छर्दा राम्रो हुन्छ । नयाँ ठाउमा स्टाइलो लगाउने भएमा पहिले स्टाइलो घाँस लगाएको ठाँउको माटो बीउमा मिसाएर छर्नु उपयुक्त हुन्छ । यसले गर्दा जरामा नाइट्रोजन स्थिरिकरण गर्ने जिवाणुको वासस्थानको लागी आवश्यक पर्ने गिर्खा बन्न र घाँसको बिरुवा बढ्नमा सहयोग पुग्दछ ।
४. बीउ दर :- एक रोपनीको लागि २५० ग्राम र एक कठ्ठाको लागी १७० ग्राम बीउ भए प्रसस्त हुन्छ ।
५. हरियो घाँस उत्पादन :-
घाँसको उत्पादन जमिन, जल र मलमा भर पर्दछ । दोमट माटोमा प्रयाप्त चिस्यान र उपयूक्त हावापानी भएको खण्डमा घाँस छरेको २–५ महिनामा हरियो घाँस काट्न लायक हुन्छ । पहिलो पटक घाँस काटेपछि २ महिनाको फरकमा पुनः घाँस काट्न सकिन्छ । यस घाँसको उत्पादन वर्षमा ५–६ पटक सम्म लिन सकिन्छ । यस घाँस काट्दा जमिनको सतहबाट १० से.मि माथिबाट काट्नु पर्दछ । जस्ले गर्दा पछि घाँस पलाउन सजिलो पर्दछ । चैत्र बैशाख तिर धेरै सुख्खा भएको अवस्थामा मात्र घाँस सुक्न सक्दछ । सामान्य अवस्थामा हरियो घाँसको उत्पादन ५०–६० मे.टन. प्रति हेक्टर सम्म लिन सकिन्छ ।

जबदामे घाँस एक परिचय:-यो घाँस तराई देखि मध्य पहाड १४०० मिटर सम्म मा  हुने बहुवर्षीय कोशे घाँस हो। यसको उत्पति ब्राजिल दे...
30/08/2021

जबदामे घाँस एक परिचय:-
यो घाँस तराई देखि मध्य पहाड १४०० मिटर सम्म मा हुने बहुवर्षीय कोशे घाँस हो। यसको उत्पति ब्राजिल देश हो।
यो घाँस बदाम जस्तै जमिनमा जालो झै गरी फैलिन्छ र जमीनलाई राम्रोसँग ढाक्छ। यसको जरा गहिरो गरी जाने हुनाले अरु घाँस संग सजिलै प्रतिस्पर्धा गर्न सक्ने, सुख्खा सहने, तुषारो सहन सक्ने साथै चरी चरन क्षेत्रमा पनि लगाउन सकिन्छ। कम मलिलो माटोमा पनि यो घाँस राम्रो उतपादन लिन सकिन्छ। यो घाँसलाई जुनसुकै स्थानमा लगाउन सकिन्छ, खासगरी ढाक्ने वाली, आली कान्ला, फलफूल बगैंचा, हिड्ने बाटो, पहिरो गएको ठाउँ, जंगल मा पनि लगाउन सकिन्छ। साथै यो घाँस उगराउने पशु हरुको साथ साथ सुँगुर, बंगुर, घोडा, कुखुराको लागि पनि दिन सकिन्छ र उत्पादन राम्रो लिन सकिन्छ। यो घाँसमा १९-२५% सम्म प्रोटिनको मात्र हुन्छ।

बीउको मात्र:-
यसको हाँगा/स्टस्लिप कटिङ्ग बाट सार्न सकिन्छ भने विउ बाट पनि सार्न सकिन्छ। ३५०-५०० कटिङ्ग हाँगा प्रति कठ्ठा आवश्यक हुन्छ भने विउ बाट रोप्ने हो भने ३००-१००० ग्राम विउ प्रति कठ्ठा लाग्दछ।

लगाउने समय:-
चिस्यान भएको जग्गामा यसको विरुवा जहिले जुन समय मा पनि लगाउन सकिन्छ तर असार साउन महिनामा सार्नु एकदम उपयुक्त हुन्छ।

कटिङ्ग बाट सार्ने तरिका:-
हाँगा कटिङ्ग बाट सार्नको लागि तीन आख्ला भएको छिपिएको डाठ लागि चिसो भएको खेत बारी मा लगाउन सकिन्छ। राम्रो संग खनजोत गरी तयार गरिएको खेत बारीमा १-१ मीटर को फरक लाइन बनाएर ६० cm को फरकमा लगाउन सकिन्छ।

घाँस काट्ने तरिका:-
जमीन देखि १०cm उचाइमा यो घाँस काट्नु उपयुक्त हुन्छ। घाँस उत्पादन एकल बलिको रूपमा लगाउँदा १५०-२००केजी हरियो घाँस साथै अरु घाँस संग मिलाएर लगाउँदा ३५०-४००केजी हरियो घाँस प्रति कठ्ठा उत्पादन हुन्छ।

अर्गानिक खेतीकुनै पनि राष्ट्रले कुनै अमूक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्य हुन्छन् । मोटामोटी रूपमा अर्गानिक खेत...
30/08/2021

अर्गानिक खेती

कुनै पनि राष्ट्रले कुनै अमूक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्य हुन्छन् । मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्य छन् । जस्तै : दीर्घकालसम्म माटोको उत्पादकत्व कायम राख्न । कृषि प्रविधिका कारण हुनसक्ने सबै प्रकारका प्रदूषण रोक्न ।

पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तरयुक्त खाद्य पदार्थहरू उत्पादन गर्न । कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाणु अवशेषयुक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न । पशुपालनमा जरुरी हुने पशुको भौतिक र शारीरिक उपलब्ध गराउन । कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र विकास सम्भव तुल्याउन ।

नेपालमा अर्गानिक खेती र जैविक खेती एकै हो भन्ने भ्रम छ । कुनै पनि खेतीको उत्पादन र प्रशोधन प्राकृतिक अथवा जैविक तरिकाबाट गर्दैमा तपाईंको उत्पादन अर्गानिक बन्दैन । तपाईंको कृषि उपज अथवा कृषिमा आधारित उत्पादन अर्गानिक हुन तपाईंले त्यसका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।

यदि तपाई आफ्नो बारीमा अर्गानिक फसल उत्पादन गरी बेच्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंको भूमिले मुख्य दुई अनिवार्य आधारभूत आवश्यकता पूरा गर्नु पर्नेछ । पहिलो, तपाईंले खेती गर्न छान्नुभएको जमिनमा कम्तीमा ३ वर्षदेखि राष्ट्रिय सूचीमा अर्गानिक खेती गर्ने जमिनमा प्रयोग गर्न निषेध गरिएका भनी उल्लेख गरिएका पदार्थहरू प्रयोग गरिएको हुनुहुँदैन ।

उदाहरणका लागि यदि तपाईंले ३ वर्षभित्र कुनै पनि बेला कुनै पनि बहानामा राष्ट्रिय सूचीमा सूचीकृत विषादी जस्तै– अर्गानोक्लोरिक पेष्टिसाइडहरू जमिनमा प्रयोग भएका छन् भने उक्त जमिनमा जैविक खेती गर्दैमा फसल अर्गानिक भनी दाबी गर्न पाइँदैन । किनकि उक्त फसलमा विषादि (पेष्टिसाइड) का अवशेषहरू रहन सक्छन् ।

विषादीको काम गर्ने प्राकृतिक रूपमै पाइने बिरुवाका झोल वा एक्सट्रेक, किरा, परजीवी र फङ्गस आदिजस्ता जैविक विषादी प्रायः राष्ट्रिय सूचीमा सूचीकृत हुँदैनन् । सूचीकृत नरहेको अवस्थामा प्रयोग गर्न मिल्छ । दोस्रो, अर्गानिक खेतीका लागि छानिएको जग्गा अर्गानिक खेती नगरिने जग्गासँग नियमले तोकेका सर्त पालन हुनेगरी सीमा र बफर क्षेत्रहरू छुट्टिएको हुनुपर्छ ।

छिमेकको जमिनमा प्रयोग गरिने अर्गानिक खेतीमा प्रयोग गर्न निषेधित पदार्थहरू तपाईको भूमिसम्म पुग्ने सम्पूर्ण सम्भावना नरोकी तपाईंले जैविक खेती गर्दैमा त्यहाँ उब्जेको फसल अर्गानिक भनी दाबी गर्न पाइँदैन ।

अर्गानिक खेतीमा लाग्न चाहने किसानसित जनावरको मल र कम्पोष्ट मलबारे गहिरो ज्ञान हुनु जरुरी छ । कुनै पनि जनावरको कच्चा गोबर र मुतलाई जनावरको मल भनिन्छ । गोबर चौपायाले पचेर बाँकी रहेको घाँस र अन्नपातबाट हुन्छ । गोबर र मुतमा हुने बिरुवाको पोषण तत्त्वलाई न्युट्रियन्ट भनिन्छ ।

न्युट्रियन्टमा लगभग ३ प्रतिशत नाइट्रोजन, २ प्रतिशत फस्फोरस र १ प्रतिशत पोटासियम हुन्छ । माटोमा उर्वरता दिन विभिन्न रुख, जडीबुटी र झाडीबाट आउने बिरुवाका हरिया पात, डाँठ र जराहरू तोकिएको तरिकाले सीमित अवधिसम्म कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ । यसले माटोमा बिरुवालाई आवश्यक हुने नाइट्रोजन, पोटासियम, फस्फोरस र अन्य खनिज पदार्थमात्र होइन, रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको बनावटलाई अर्गानिक तत्त्व उपलब्ध गराएर सुधार गर्छ ।

मल्चमा रहेको कुहिएका पातहरू, काठ, घाँस, जरा आदिले माटोमा पानी, मिनरल, अक्सिजन, नाइट्रोजन, फस्फोरस आदि समातेर राख्न सक्ने बनाउँछ । साथै बिरुवाका लागि हानिकारक हुने रोग र किराका लागि प्रतिकूल वातावरण बनाइदिन्छ । किसानका लागि जैविक मल र जैविक विषादीको उचित समिकरणको प्रयोग रासायनिक मल र रासायनिक विषादीको विकल्प हुने गर्छ ।

परम्परागत पशुपालनबाट प्राप्त हुने जनावरको मल र जैविक विधिबाट बनाइने कम्पोष्ट मलबाट आज संसारमा भइरहेको अर्गानिक खेतीका लागि जरुरी हुने प्राकृतिक मलको मुख्य आपूर्ति हुन्छ । कम्पोष्ट मलको प्रयोगबिना परम्परागत पशुपालनबाट प्राप्त हुने जनावरको मलको मात्र उपयोगबाट जैविक खेती गर्न खोज्नु व्यावहारिक हुँदैन ।

अर्गानिक कृषि पद्धति एक सरल आधारभूत नियमद्वारा बाँधिएको छ । अर्गानिक कृषि र कृषि उद्यममा प्राकृतिक रूपमा उपलब्ध जैविक पदार्थहरूको प्रयोग गरिन्छ । मानव स्वस्थ र पर्यावरणलाई हानि पुर्‍याउने पदार्थहरू तथा सिन्थेटिक वा रसायनहरूलाई प्रतिबन्ध गरिन्छ ।

सिद्धान्ततः अर्गानिक खेती प्रणाली र कृषि उद्यममा रासायनिक मल, रासायनिक विषादी, रासायनिक इन्जाइम र आनुवंशिक परिमार्जित गरिएको बिउबिजन प्रयोग गर्न मिल्दैन ।

कतिपय सन्दर्भमा यस्ता पदार्थहरू अर्गानिक उत्पादन र प्रशोधनका लागि उपलब्धताको निश्चितता जरुरी हुन्छ । जसका लागि अन्तर्राष्ट्रिय रूपमै अर्गानिक उत्पादन र प्रशोधनका लागि स्वीकृत गरिएका र प्रतिबन्ध गरिएका सूची बनाइएको छ । जसलाई राष्ट्रिय सूची भनिन्छ ।

अर्गानिक उत्पादन र प्रशोधनका लागि स्वीकृत सूचीमा रहेका कतिपय विवादरहित भने छैनन् । जे होस्, ती पदार्थ अपवादकोरूपमा स्वीकृत सूचीमा समावेश गरिएकाले अर्गानिक फुड्स प्रोडक्सन ऐनद्वारा निर्दिष्ट तीन महत्त्वपूर्ण मापदण्ड पूरा गरिसकेपछि मात्र उपयोग गर्न दिइन्छ ।

पहिलो यो मानव स्वास्थ्य वा वातावरणका लागि हानिकारक नभएको प्रमाणित हुनुपर्छ । दोस्रो, अर्गानिक उत्पादन वा प्रशोधनका लागि उक्त पदार्थको विकल्प बजारमा उपलब्ध नभएको वा उपलब्ध भए पनि व्यापारलाई जरुरी हुने मात्रामा उपलब्ध नभएको हुनुपर्छ । कहिलेकाहीं बजारमा उक्त पदार्थको अर्गानिक विकल्प भए पनि उक्त विकल्पले बजार माग पूर्ति गर्न जरुरी गुणस्तर पूर्ति गर्ने अवस्था नहुन सक्छ । तेस्रो, उक्त विकल्प अर्गानिक उत्पादनको आधारभूत उद्देश्यहरूको सिद्धान्तको खिलाफमा हुनुहुँदैन ।

गुणस्तरीय मानव खाद्य व्यवस्थापनको आजको विश्वको पहिलो प्राथमिकता खाद्यबाट मानव सुरक्षाको सुनिश्चित हुनुपर्छ भन्ने छ । अनि खाद्यमा फाइटोकेमिकल्सको मात्रा सन्तोषजनक छ/छैन, हेरिन्छ । अन्तिममा मात्र खानाले उपलब्ध गराउने पोषण तत्त्वबारे बुझिन्छ ।

अझै पनि विश्वभर गरिब र पिछडिएका देशका ३५–४५ लाख हेक्टर भूमिमा मानव दिसापिसाब र सिंचाइमार्फत खेती गरिएको भेटिन्छ । फोहोर मिश्रित पानी र मानव मलमूत्र जैविक हुँदाहुँदै उक्त कृषि प्रणालीले रोगका संक्रमण र जैविक विकारबाट हुने प्रदूषणहरू रोक्न असमर्थ हुनेहुँदा अर्गानिक कृषिमा उपयोग गर्न प्रतिबन्ध छ ।

परिणाम, कृषि उपज र तिनबाट बनेका पदार्थहरू अर्गानिक हो–होइन, प्रमाणित गर्नु अघि उक्त उपज उत्पादनको बेला औद्योगिक फोहोर, बजारबाट निक्लने नालीका फोहोर र घरबाट निस्कने दिसापिसाब आदि नमिसिएको पूर्णरूपमै यकिन भएपछि मात्र उत्पादनलाई अर्गानिक भनी प्रमाणित गरिन्छ ।

मानव सुरक्षाका लागि खेतीमा फोहोर–मैला प्रशोधन केन्द्रबाट आउने पानी वा मल, सिवेज वा सल्ज मलको रूपमा हालिएको, आयोनाइज रेडिएसन प्रयोग गरिएको, जिन इन्जिनियर गरिएको बिउ प्रयोग भएको, कृषि उपजको तेल वा रस निकाल्न रासायनिक घोल आदि प्रयोग हुनुहुँदैन । अर्गानिक खेती फ्रणालीमा यस्ता कुरा स्वीकारिँदैन ।

जान्नुहोस् मौरीबारे रोचक तथ्यजीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा म...
30/08/2021

जान्नुहोस् मौरीबारे रोचक तथ्य

जीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् ।

1. पृथ्वीमा हजार भन्दा बढी प्रजातिका मौरीहरु छन् । तर, यसमध्येमा जम्मा केहि सिमीत प्रजातिले मात्र मह बनाउन सक्छन् ।

2. एक घारमा २० देखि हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।

3. संसारमा मौरी मात्र एक यस्तो किरा हो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।

4. केवल महिला मौरीले मात्र मह बनाउँछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन् ।

5. मानिसलाई मौरीले ११०० पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।

6. मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ ।

7. मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ । मतलब हरेक मिनेटमा १२०० पटक ।

8. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । जुन यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।

9. वर्षभरी चाहे जाडो मौसम होस या गर्मीमा मौरीको चाकाको तापक्रम ३३ डिग्री सेल्सीयसको आसपास रहने गर्दछ । मौरीले जाडोमा आफ्नो शरीरले तापक्रमलाई नियन्त्रण राख्छ ।

10.रानी मौरी र भाले मौरी खुल्ला हावामा उड्दाउड्दै सम्भोग गर्ने गर्छ
भाले मौरी यौनसम्पर्क गरेसँगै मर्ने गर्दछ । यौनसम्पर्कको आखिरमा यसको अण्डकोष फुटेर मृत्यु हुन्छ ।

गड्यौला मल ( Vermicompost)वर्मीकम्पोस्ट बनाउनका लागि यस विधिमा क्षेत्रको आकार (area) आवश्यकतानुसार राखिन्छ तर मध्यम वर्ग...
30/08/2021

गड्यौला मल ( Vermicompost)

वर्मीकम्पोस्ट बनाउनका लागि यस विधिमा क्षेत्रको आकार (area) आवश्यकतानुसार राखिन्छ तर मध्यम वर्गको किसानहरूका लागि 100 वर्गमिटार क्षेत्र पर्याप्त हुन्छ। राम्रो गुणस्तरको गड्यौला मल बनाउनका लागि सिमेन्ट तथा इटाहरूले पक्की र पलास्टीकको मोटो तिरपालको क्यारीहरू (Vermi-beds) बनाइन्छ। प्रत्येक क्यारीको लम्बाइ 3 मिटार, चौडाइ 1 मिटार एवम् ऊँचाइ 30 से 50 सेमी0 राखिन्छ। 100 वर्गमिटार क्षेत्रमा यस प्रकारको लगभग 90 क्यारीहरू बनाउन सकिन्छ। क्यारीहरूलाई तेज प्रकाश र वर्षा बाट बचाउन र गड्यौलाको तीव्र प्रजननका लागि अँध्यारो राख्का लागि छानो र चारैतर्फ बेराहरूलाई हरियो नेटले ढाक्न अत्यन्त आवश्यक छ।

क्यारीहरूलाई भर्नका लागि रूख-बिरूवाहरूको पातहरू घाँस,सब्जी र फलहरूको छिल्काहरू, गोबर आदि अपघटनशील कार्बनिक पदार्थहरूको चुनाव गरिन्छ। यी पदार्थहरूलाई क्यारीहरूमा भर्नु भन्दा पहिले ढिस्को बनाएर 15 देखि 20 दिनसम्म सड्नका लागि राख्न आवश्यक छ। सड्नका लागि राखिएको कार्बनिक पदार्थहरूको मिश्रणमा पानी छरेर ढिस्कोलाई छोडिन्छ। 15 देखि 20 दिन पछि फोहोर अर्धगलेको रूपमा (Partially decomposed ) आउँछ। यस्तो फोहोर गड्यौलाका लागि धेरै नै रोम्रो भोजन मानिएको छ। अर्धगलेको फोहोरहरूलाई क्यारीहरूमा 50 से.मी. ऊँचाइसम्म भरिन्छ। फोहोर भरेको 3-4 दिन पछि पातहरूको क्यारीमा गड्यौलाहरू छोडिन्छ र पानी छरेर प्रत्येक क्यारीलाई गिलो बोराहरूले ढाकिन्छ। एक टन फोहोरहरूबाट 0.6 देखि 0.7 टन गड्यौला मल प्राप्त हुन्छ।

चक्रीय चार हौद विधि (Four-pit method)
यो विधिमा चुनिएको स्थानमा 12’x12’x2.5’(लम्बाइ x चोडाइ x उचाइ) को खाल्डो बनाइन्छ। यो खाल्डालाई ईटाको बेराले 4 बराबर भागहरूमा बाडिन्छ। यस प्रकार कुल 4 क्यारीहरू बन्दछन्। प्रत्येक क्यारीको आकार लगभग 5.5’ x 5.5’ x 2.5’ हुन्छ। बिचको विभाजक आली मजबुतीका लागि दुई इटाँहरू (9 इन्च) को बनाइन्छ। विभाजक आलीमा समान दूरीमा हावा र गड्यौला आउन जानका लागि प्वाल छोडिन्छ। यस प्रकारको क्यारीहरूको संख्या आवश्यकतानुसार राख्न सकिन्छ।

यो विधिमा प्रत्येक क्यारीलाई एक पछि एक भरिन्छ अर्थात पहिलो एक महिनासम्म पहिलो काम खाल्डो भरिन्छ, खाल्डो पूरा भरिएपछि पानी छरेर कालो पोलिथिनले ढाकिन्छ ताकि फोहोरको विघटनको प्रक्रिया आरम्भ होस्। यसपछि दोस्रो खाल्डोमा फोहोर भर्न आरम्भ गरिन्छ। दोस्रो महिना जब दोस्रो खाल्डो भरिन्छ तब ढाकिन्छ र फोहोर तेस्रो खाल्डोमा भर्न आरम्भ गरिन्छ। यो समयसम्म पहिलो खाल्डोको फोहोर अर्धगलितका रूपमा आउँछ। एक दुई दिनपछि जब पहिलो खाल्डामा गर्मी (heat) कम हुन्छ तब त्यसमा लगभग 5 किग्रा (5000) गड्यौला छोडिन्छ। यसपछि खाल्डालाई सुकेको घाँस अथवा बोराहरूले ढाँकिन्छ। फोहोरमा गिलोपन बनाई राख्न आवश्यकतानुसार पानी छरिराख्नु पर्छ। यस प्रकार 3 महिनापछि तेस्रो खाल्डो फोहोरले भरिन्छ तब यसलाई पनि पानीले भिजाएर ढकिन्छ र चौथो खाल्डामा फोहोर भर्न आरम्भ गरिन्छ। बिस्तारै-बिस्तारै जब दोस्रो खाल्डाको गर्मी कम हुन्छ तब त्यसमा पहिलो खाल्डोबाट गड्यौलाहरु विभाजक आलीमा बनेको प्वालहरूबाट आफै प्रवेश गर्छन् र त्यसमा पनि गड्यौला मल बन्न आरम्भ हुन्छ। यस प्रकार चार महिनामा एकपछि एक गरी चार खाल्डाहरू भरिन्छन्। यो समयसम्म पहिलो खाल्डामा जसलाई भरिएको तीन महिना भई सकेको हुन्छ। तब गड्यौला मल (वर्मीकम्पोस्ट) बनेर तयार हुन्छ। यो खाल्डाको सबै गड्यौला
दोस्रो एवम् तेस्रो खाल्डामा बिस्तारै-बिस्तारै बिचको बेरामा बनिएको प्वालहरूद्वारा प्रवेश गर्छन्। अब पहिलो खाल्डाबाट खाद निकाल्ने प्रक्रिया आरम्भ गर्न सकिन्छ। खाद निकाली सकेपछि त्यसमा पुन: फोहोर भर्न आरम्भ गरिन्छ। यो विधिमा एक वर्षमा प्रत्येक खाल्डामा एक पल्टमा लगभग 10 कुन्टल फोहोर भरिन्छ जसबाट एक पल्टमा 7 कुन्टल खाद (70 प्रतिशत) बनेर तयार हुन्छ। यस प्रकार एक वर्षमा चार खाल्डाहरूबाट तीन चक्रहरूमा कुल 84 कुन्टल खाद (4x3x7) प्राप्त हुन्छ। यस बाहेक एक वर्षमा एक खाल्डाबाट 25 किग्रा र 4 खाल्डाहरूबाट कुल 100 किग्रा गड्यौला पनि प्राप्त हुन्छ।

गड्यौला मल बनाउने चरणबद्ध विधि
गड्यौला मल बनाउनका लागि चरणबद्ध निम्न प्रक्रिया अपनाइन्छ।

चरण-1
कार्बनिक अवशिष्ट/ फोहोरबाट पत्थर, काँच, प्लास्टिक, सिरेमिक तथा धातुहरूलाई अलग गरेर कार्बनिक फोहोरको ठुलो ढिस्काहरूलाई तोडेर साना ढिस्कहरु बनाइन्छ।

चरण–2
मोटो कार्बनिक अवशिष्टहरू, जस्तै-पातहरूको फोहोर, बिरूवाका हाँगाहरू, उँखुको भुसा /खोयालाई 2-4 इन्च आकारको सानो-सानो टुक्रामा काटिन्छ । यसले खाद बन्नमा कम समय लाग्छ।

चरण–3
फोहोरबाट दुर्गन्ध हटाउन तथा शत्रु जीवहरूलाई मार्न फोहोरलाई एक फुट मोटो सतहका रूपमा फुलाएर घाममा सुकाइन्छ।

चरण–4
अवशिष्टलाई गाईको गोबरमा मिलाएर एक महिनासम्म सडाउनका लागि खाल्डाहरूमा हालिन्छ। चाहिँदो नरम बनाउन सधै पानी छरिन्छ।

चरण–5
गड्यौला मल बनाउन सर्वप्रथम भुइँमा बालुवाको 1 इन्च मोटो तह ओछ्याएर त्यसमाथि 3-4 इन्च मोटाइमा अन्नको अवशिष्ट/मोटो पदार्थहरूको तह ओछ्याइन्छ। पुन: यसमाथि चरण-4 बाट प्राप्त पदार्थहरूको 18 इन्च मोटो तह कसरी ओछ्याइन्छ भने यसको चौडाइ 40-45 इन्च बन्दछ। बेडको लम्बाइलाई छानामा उपलब्ध ठाउँको आधारमा राखिन्छ। यस प्रकार 10 फिट लम्बाइको बेडमा लगभग 500 कि.ग्रा. कार्बनिक अवशिष्ट समाहित हुन्छ। बेडलाई अर्धवृत्त प्रकारमा राखिन्छ जसले गड्यौलालाई घुम्न पर्याप्त स्थान तथा बेडमा हावाको प्रबन्ध सम्भव हुन सक्छ। यो प्रकारको बेड बनाइसकेपछि चाहिँदो नरम बनाउन पानी छर्किरहनुपर्छ अनि त्यस पछाडि यसलाई 2-3 दिनका लागि छोडिन्छ।

चरण–6
जब बेडको सबै भागहरूमा तापमान सामान्य हुन्छ तब यसमा लगभग 5000 गड्यौला / 500 0ग्रा0 अवशिष्टको दरले गड्यौला तथा कोकुनको मिश्रण बेडको एक तर्फबाट कसरी राखिन्छ भने यो लम्बाइमा एक तर्फबाट पूरै बेडसम्म पुग्छ।

चरण–7
सम्पूर्ण बेडलाई राम्ररी/कटिएको अवशिष्टलाई 3-4 इन्च मोटो तहले ढाकिन्छ, अनुकूल परिस्थितिहरूमा गड्यौला पूरै बेडमा आफै फैलिन्छ। धेरै गड्यौला बेडमा 2-3 इन्च गहिराइमा रहेर कार्बनिक पदार्थहरूको भक्षण गरी उत्सर्जन गरि रहन्छन्।

चरण–8
अनुकूल आर्द्रता, तापक्रम तथा हावामय परिस्थितिहरूमा 25-30 दिनहरूको पछाडी बेडको माथिल्लो सतहमा 3-4 इन्च मोटो गड्यौला एकत्र हुन्छ। यसलाई अलग गर्नका लागि बेडको बाहिरी आवरण सतहलाई एक तरफबाट हटाइन्छ। यस्तो गर्दा जब गड्यौला बेडको गहिराइमा जान्छ तब गड्यौला मललाई बेडबाट सजिलै अलग गरे तत्पश्चात् बेडलाई पुनः पहिलेकैझै मसिनो फोहोरहरूले ढाकेर पर्याप्त आर्द्रता बनाई राख्नका लागि पानी छर्किइन्छ।

चरण–9
लगभग 5-7 दिनहरूमा गड्यौला मलको 4-6 इन्च मोटो एक अर्को तह तयार हुन्छ। यसलाई पनि पहिलेझैँ चरण-8 कोझै अलग गरिन्छ तथा बेडमा फेरी पर्याप्त आर्द्रता बनाइराख्नका लागि पानी छर्किइन्छ।

चरण–10
त्यसपछाडी हरेक 5-7 दिनहरूको अन्तरालमा अनुकूल परिस्थितिमा पुन: गड्यौलाले मल लाई 4-6 इन्च मोटो तह बनाउँछ जसलाई पहिलेको चरण-9 को झै अलग गरिन्छ। यस प्रकार 40-45 दिनहरूमा लगभग 80-85 प्रतिशत गड्यौला मल एकत्रित गरिन्छ।

चरण–11
अन्तमा केही गड्यौला मल गड्यौला तथा गड्यौलाहरूको अण्डाहरू (कोकुन) सहित एउटा सानो ढिस्कोका रूपमा बाँकी रहन्छ। यसलाई दोस्रो चक्रमा गड्यौलाहरूको बेडको रूपमा प्रयुक्त गरिन्छ। यस प्रकार लगातार गड्यौला खाद उत्पादनका लागि यो प्रक्रियालाई दोहराईन्छ।

चरण–12
एकत्रित गरिएको गड्यौला खादबाट गड्यौलाको अण्डाहरू अवयस्क गड्यौला तथा गड्यौलाद्वारा नखाइएको पदार्थहरूलाई 3-4 से.मी. आकारको छान्निले छानेर अलग गरिन्छ।

चरण–13
अतिरिक्त आद्रता हटाउनका लागि छानिएको गड्यौला खादलाई पक्की सतहमा फैलाइन्छ। तथा जब आद्रता लगभग 30-40 प्रतिशतसम्म रहन्छ तब यसलाई एकत्रित गरिन्छ।

चरण–14
गड्यौला खादलाई प्लास्टिक/एच0 डी0 पी0 ई0 थैलोमा सिल गरेर प्याक गरिन्छ ताकि यसमा आद्रता कम नहोस्।

वर्मीकम्पोस्ट बनाउदा ध्यान राख्न योग्य कुराहरू:-
कम समयमा राम्रो गुणस्तरवाला वर्मीकम्पोस्ट बनाउन निम्न कुराहरूमा विशेष ध्यान दिन अति आवश्यक छ:-

वर्मी बेडहरूमा गड्यौला छोडनुभन्दा पहिले काँचो मलको (गोबर वा आवश्यक फोहोर) आंशिक विच्छेदन (Partial decomposition) गरिन्छ जसमा 15 देखि 20 दिनको समय लाग्छ अनि यसो गर्नु अति आवश्यक छ।
आंशिक विच्छेदन चिन्न थुप्रामा गहराईसम्म हाथ हाल्दा गर्मीं महसुस हुनु हुँदैन। यस्तो स्थितिमा फोहोरको आद्रतालाई पल्टाउदा आंशिक विच्छेदन हुन्छ।
वर्मीवेडहरूमा फोहोरहरूको तापमान 20 देखि 27 डिग्री सेल्सियस रहन अत्यन्त आवश्यक छ। वर्मीबेडहरूमा कडा घाम पर्न नदिने। कडा घाम पर्नाले फोहोरहरूको तापमान अधिक हुन्छ परिणामस्वरूप गड्यौला तल जान्छन् अथवा अक्रियाशील भई अन्ततः मर्दछन्।
वर्मीबेडमा ताजा गोबरको उपयोग कदापि नगर्ने। ताजा गोबरमा गर्मी (Heat) अधिक हुने कारणले गड्यौला मर्दछन् अतः उपयोगभन्दा पहिले ताजा गोबरलाई 4 र 5 दिनसम्म ठण्डा अवश्य हुन दिने।
गड्यौला खाद तयार गर्नका लागि कार्बनिक फोहोरहरूमा गोबरको मात्रा कम्तीमा 20 प्रतिशत अवश्य हुनुपर्छ।
घासलाई फुल आउनुभन्दा पहिले गाईको गोबरमा मिलाएर कार्बनिक पदार्थको रूपमा आंशिक विच्छेदन गरी प्रयोग गर्दा राम्रो गड्यौला मल प्राप्त हुन्छ।
फोहोरको पी.एच.उदासीन (7.0को लगभग) रहँदा गड्यौलाले छिट्टो कार्य गर्छ अतः वर्मीकम्पोस्टिङ बनाउँदा फोहोरको पी.एच. उदासीन बनाई राख्ने। यसका लागि फोहोर भर्दा त्यसमा खरानी अवश्य मिलाउने।
गड्यौला मल बनाउँदा कुनै पनि प्रकारको कीटनाशकहरूको उपयोग नगर्ने।
खादलाई पल्टाउँदा या तयार कम्पोस्टलाई एकत्रित गर्दा खुर्पी या फावडाको प्रयोग कदापि नगर्ने।

स्रोत : डा. डी कुमार एवम् डा. धर्म सिंह, जगत सिंहद्वारा लिखित, इन्डिया वाटर पोर्टल,राष्ट्रीय जैविक खेती केन्द्र,गाजियाबाद
सम्पादन: रमेश बोहरा (कृषि प्राविधिक)
Attariya Agricultural Training Center
Kailali, Nepal

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when अम्बिका बाख्रा फार्म - Ambika Goat Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अम्बिका बाख्रा फार्म - Ambika Goat Farm:

Share