Nepalgunj Gallery-Official

Nepalgunj Gallery-Official Information | Entertainment . Your trusted local digital platform sharing news, stories, culture and events. Growing brands. Connecting people.
(1)

कर्तव्य ज्यान मुद्दाका फरार दुईजना र लागू औषधसहित एकजना पक्राउ : तीनै जना बाँकेको खजुरा गाउँपालिका निवासी ।
08/06/2026

कर्तव्य ज्यान मुद्दाका फरार दुईजना र लागू औषधसहित एकजना पक्राउ : तीनै जना बाँकेको खजुरा गाउँपालिका निवासी ।

 #अपडेट शिला श्रेष्ठ मृ*त्यु प्रकरण : मेडिकल काउन्सिल टोलीको अध्ययन सम्पन्न ।नेपालगन्ज भुजईगाँउस्थित केयर सिटी अस्पतालमा...
08/06/2026

#अपडेट शिला श्रेष्ठ मृ*त्यु प्रकरण : मेडिकल काउन्सिल टोलीको अध्ययन सम्पन्न ।

नेपालगन्ज भुजईगाँउस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीया शिला श्रेष्ठ ( दक्षिणा) को मृ*त्यु भएको घटनाबारे काठमाडौंबाट छानबिन गर्न आएको नेपाल मेडिकल काउन्सिलको विज्ञ टोलीले तीन दिनको अध्ययन पूरा गरेको छ ।

श्रेष्ठको मृ*त्यु भएपछि परिवारले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा काउन्सिलको टोली नेपालगन्ज पुगेर बिरामीका आफन्त, अस्पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, फरेन्सिक विज्ञ र सुरक्षा निकायसँग छलफल गरी अध्ययन गरेको हो । टोलीले अस्पतालको सीसीटीभी फुटेजसमेत अध्ययन गरेको छ ।
पोस्टमार्टम प्रतिवेदन आउन केही समय लाग्ने भएको हुँदा मृ*त्युको वास्तविक कारणबारे निष्कर्षमा पुग्न अझै समय लाग्ने बताइएको छ । टोलीले विस्तृत प्रतिवेदन तयार गरी काउन्सिल समक्ष पेश गरिने जनाएको छ ।

यसबीच, पोस्टमार्टमपछि मृतक श्रेष्ठको अन्तिम दाहसंस्कार परिवारले हिजो सम्पन्न गरिसकेको छ ।
विस्तृत खबर : https://www.swasthyapage.com/detail/42866

माननीय हर्कराज राईलाई कारवाही।
08/06/2026

माननीय हर्कराज राईलाई कारवाही।

Congratulations Team Nepal 🇳🇵 एसियन गेम्सको छनोटको हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ । सिंगापुरको सिंगा ओभलमा ...
08/06/2026

Congratulations Team Nepal 🇳🇵
एसियन गेम्सको छनोटको हङकङलाई पराजित गर्दै नेपालले उपाधि जितेको छ । सिंगापुरको सिंगा ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङलाई डीएलएस पद्धतिमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो।

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्‍यो ।

बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे ।

नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।

यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी-२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी-२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।

  UniBridge Education , Nepalgunj is seeking qualified, energetic and competent individuals to join our team.If you have...
08/06/2026

UniBridge Education , Nepalgunj is seeking qualified, energetic and competent individuals to join our team.

If you have a passion for excellence, apply now!
1. Post: Japanese Language Teacher
2. Post: Receptionist

Competitive Salary & Benefits
Professional & Friendly Work Environment
Great opportunities for career growth

How to Apply:
Interested candidates matching the requirements are requested to send their updated CV/Resume to our official email address or visit our office directly.
📩 Email: [email protected]

📍 Location: Surkhet Road, Nepalgunj-12, Gopala Building (3rd Floor), Infront of Atithi Wine Dine Cottage

For More Information:
📞 Phone Numbers: 9858044563 / 9700000500

बाँकेको कोहलपुरपछि नेपालगन्जमा पनि गर्मीका कारण स्कूल बिदा 🏫 🥵  #नोट एक पटक आफ्नो स्कूलहरूमा पनि कम्फर्म गर्नुहोला । किन...
08/06/2026

बाँकेको कोहलपुरपछि नेपालगन्जमा पनि गर्मीका कारण स्कूल बिदा 🏫 🥵

#नोट एक पटक आफ्नो स्कूलहरूमा पनि कम्फर्म गर्नुहोला । किनकि विगतका समयहरुमा पालिकाले बिदा दिने भनेता पनि केही स्कुलहरुले बिदा दिँदैनन् । जस्तै हिजो कोहलपुरमा ३ दिन बिदा भनेता पनि केही स्कुलले एक दिन मात्र बिदा दिएको छ 😀

बर्दियामा अवस्थित केदारेश्वर धाम। 🕉️यहाँको शान्त र दिव्य वातावरणले मनलाई आनन्दित तुल्याउँछ । एआईको हल्का स्पर्शले यो तस्...
08/06/2026

बर्दियामा अवस्थित केदारेश्वर धाम। 🕉️
यहाँको शान्त र दिव्य वातावरणले मनलाई आनन्दित तुल्याउँछ ।

एआईको हल्का स्पर्शले यो तस्बिरलाई अझै जादुई र अविस्मरणीय बनाएको छ । केदारेश्वर धामको यो अनुपम सौन्दर्यलाई तपाइँको यात्रा सूचीमा थप्न नबिर्सनुहोस्! 👣

आज सोमबार , नेपालगन्जस्थित श्री जुँगे खडेश्वर महादेवको दर्शन गर्नुहोस् , तपाईंको दिन शुभ रहोस् 🛕जय शम्भो । हर हर महादेव ...
08/06/2026

आज सोमबार , नेपालगन्जस्थित श्री जुँगे खडेश्वर महादेवको दर्शन गर्नुहोस् , तपाईंको दिन शुभ रहोस् 🛕
जय शम्भो । हर हर महादेव 🙏

हार्दिक बधाई 🎉 राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनबाट बाँके जिल्लाको सभापतिमा विबेक कुमार श्रेष्ठ निर्वा...
07/06/2026

हार्दिक बधाई 🎉 राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनबाट बाँके जिल्लाको सभापतिमा विबेक कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

 #मौसमअपडेट आज देशका विभिन्न शहरहरुको मौसम पूर्वानुमान
07/06/2026

#मौसमअपडेट आज देशका विभिन्न शहरहरुको मौसम पूर्वानुमान

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Gallery-Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share