29/12/2025
गैर आवश्य नेपाली सङ्घ पोल्याण्ड क्षेत्रीय समिति उज द्वारा आयोजित क्रिसमस भलिबल प्रतियोगिता २०२५ पोल्यान्डको उज सहरमा सम्पन्न भयो।
पोल्याण्ड — गैर–आवासीय नेपाली संघ (NRNA) पोल्याण्ड क्षेत्रीय समिति तथा Wojewoda Łódzki को संयुक्त आयोजनामा क्रिसमस भलिबल प्रतियोगिता 2025 भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न शहरका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। भने प्रमुख अतिथिमा एनआरएनए पोल्यान्डका अध्यक्ष र विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूको अतिथिता रहेको थियो। यस कार्यक्रममा १७ वटा टिम हरूका खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गरेका थिए।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरूमध्येबाट
🥇 प्रथम स्थान: THIRD EYE
🥈 दोस्रो स्थान: Nepali Samaj Krakow
🥉 तेस्रो स्थान: New Star Kutno
ले हासिल गर्न सफल भएका छन्।
Don't forget like follow this page