Srizanaapost

Srizanaapost This is my little space…where I share my thoughts, feelings, and what I love. I share what touches my heart whether my own words or something I connect with. ✨🩷

I love to write and I enjoy learning new things and expressing creativity in simple ways.

11/08/2026

जहाँ मन थाक्छ,
त्यहाँ थोरै रोकिनेछु।
जहाँ शान्ति भेट्छु,
त्यहीँ मनलाई बिसाउनेछु।
- Srizanaa 🍂✨

सबै डरहरू सत्य हुँदैनन्। कहिलेकाहीँ हामीले मनमा पहाड बनाएको कुरा, tempered glass जस्तै बदल्न मिल्ने कुरा मात्र पनि हुन स...
07/08/2026

सबै डरहरू सत्य हुँदैनन्। कहिलेकाहीँ हामीले मनमा पहाड बनाएको कुरा, tempered glass जस्तै बदल्न मिल्ने कुरा मात्र पनि हुन सक्छ।

जीवनका धेरै डरहरू कहिलेकाहीँ अस्थायी मात्र पनि हुन सक्छन्। हामी धेरै दिनसम्म डरलाई मनमै लुकाएर, त्यसबारे कसैलाई भन्न पनि नसकेर बाँचिरहेका हुन्छौँ। वास्तविकता खुल्नुअघि हाम्रो कल्पनाले नै डरलाई झन् ठूलो बनाइदिन्छ। तर जब वास्तविकता खुल्छ, जब हामी त्यो डरको सामना गर्छौँ, तब महसुस हुन्छ, हाम्रो मानसिक शान्ति चोर्ने कुरा, त्यति ठूलो नै रहेनछ। सुभ दिन 🌼
—Srizanaa 🍂✨

के हामी आजभोलि निद्रा नलाग्ने समस्यासँग जुधिरहेका छौँ, कि बिस्तारै आराम गर्न नै बिर्सिरहेका छौँ? वा सायद प्रश्न अझ गहिरो...
06/08/2026

के हामी आजभोलि निद्रा नलाग्ने समस्यासँग जुधिरहेका छौँ, कि बिस्तारै आराम गर्न नै बिर्सिरहेका छौँ? वा सायद प्रश्न अझ गहिरो छ-
हामी निद्रा खोजिरहेका छौँ, कि आफ्नै हराउँदै गएको शान्ति?
"Click on this link to read the complete post. पूरा लेख मेरो ब्लगमा पढ्नुहोला।👇
https://srizanaaonline.blogspot.com/2026/08/blog-post.html

—Srizanaa

🍂✨

SrizanaaOnline is a Nepali blog sharing thoughtful writings, social issues, emotional stories, self-reflection, and informative articles.

05/08/2026
आज मेरो Facebook पेजले ५ वर्ष पूरा गरेको छ।यी पाँच वर्षको यात्रामा साथ, विश्वास र निरन्तरताका लागि हृदयदेखि आभारी छु।Fiv...
05/08/2026

आज मेरो Facebook पेजले ५ वर्ष पूरा गरेको छ।
यी पाँच वर्षको यात्रामा साथ, विश्वास र निरन्तरताका लागि हृदयदेखि आभारी छु।

Five years of learning, writing, growing, and connecting.
I'm truly grateful to everyone who has been part of this journey. Your encouragement, kindness, and support have meant more than words can express.

५ वर्षको यो यात्रामा साथ दिनुभएकोमा हृदयदेखि धन्यवाद।

With gratitude,
– Srizanaa 🍂✨

🍂✨

चिन्ता: वरिष्ठ कवि विक्रम सुब्बा 🙏✍️--------सक्दो घोटिएर सन्तान पढाईयोउच्च शिक्षा खातिरछोरी-ज्वाइँ अमेरिका गएयो प्रगतीमा...
04/08/2026

चिन्ता: वरिष्ठ कवि विक्रम सुब्बा 🙏✍️
--------
सक्दो घोटिएर सन्तान पढाईयो
उच्च शिक्षा खातिर
छोरी-ज्वाइँ अमेरिका गए
यो प्रगतीमा बुढाबुढी खुशी भइयो
दक्ष बनेपछि अमेरिकाले उतै राख्यो, र
अमेरिकाकै समृद्धिको काममा हालेको छ

छोरा-बुहारी पढ्ने भिषामा अष्ट्रेलीया गए
दक्ष जनशक्ती बनेपछि
उतैको नागरिकता दिएर, त्यहींको
सरकारलाई धेरै कर तिर्ने बनायो
सन्तानको प्रगती यही होला भनेर, हामी
बुढाबुढी आँशु झार्दै फेरि खुशी भयौं

छोरा-बुहारी र छोरी-ज्वाइँले
कहिलेकाहीं पठाको केही रकम,
मर्दा चाहिन्छ भनेर साँचेकाछौं
दुबैको कात्रो पनि किनिसक्यौं

तथापी, मरेपछि
कात्रोमा कसले बाँधिदेला?
आर्यघाट कसले लैजाला?
कसले दागबत्ती देला?
कसले किरिया बसिदेला?
कसले अन्त्येष्टि गरिदेला?
सबै अंगको शरिर दान पो गर्ने कि?

जेष्ट नागरिक शिर्षकको
कवितासंग्रहमा, यस्ता प्रश्नैप्रश्नका कविता
चाउरी अनुहारमा छापिएका छन्
अफसोस, यहाँ
कविता पढ्ने कसैलाई फुर्सद छैन ।

साभार: वरिष्ठ कवि विक्रम सुब्बा 🙏✍️
Photo Credit - Kantipur News
#चिन्ता

"मौन रहनु पनि एउटा कला हो, खासगरी तब जब भन्नका लागि धेरै कुराहरू हुन्छन्….!हामी धेरैजसो ठाउँमा आफ्ना विचार, तर्क वा भावन...
04/08/2026

"मौन रहनु पनि एउटा कला हो, खासगरी तब जब भन्नका लागि धेरै कुराहरू हुन्छन्….!

हामी धेरैजसो ठाउँमा आफ्ना विचार, तर्क वा भावनाहरू पोख्न हतारिन्छौँ। तर कहिलेकाहीँ शब्दहरूभन्दा बढी सामर्थ्य मौनतामा हुन्छ। जब मनमा भावनाहरूको आँधी चलिरहेको हुन्छ र भन्नका लागि हजारौँ शब्दहरू ओठसम्म आइपुग्छन्, त्यही बेला आफूलाई सम्हालेर मौन रहन सक्नु नै वास्तविक परिपक्वता हो।

मौन रहनु कमजोरी होइन; यो त आफ्नो भावनामाथिको नियन्त्रण र परिस्थितिप्रतिको गहिरो समझदारी हो। जहाँ शब्दहरूले सम्बन्ध बिगार्न वा विवाद बढाउन सक्छन्, त्यहाँ मौनताले शान्ति, गरिमा र आत्मसम्मान जोगाइरहेको हुन्छ।

त्यसैले, धेरै कुरा भन्न मन लाग्दालाग्दै पनि सही समयमा मौन रहन सिक्नु जीवनको एउटा सुन्दर कला हो।
— Srizanaa 🍂✨

गल्तीहरू सुधार्न सकिन्छ, भ्रम पनि हटाउन सकिन्छ... तर कसैले तपाईंबारे मनमा बनाएको गलत धारणा सुधार्न सकिँदैन। शुभ दिन 🙏☔  ...
03/08/2026

गल्तीहरू सुधार्न सकिन्छ, भ्रम पनि हटाउन सकिन्छ...
तर कसैले तपाईंबारे मनमा बनाएको गलत धारणा सुधार्न सकिँदैन। शुभ दिन 🙏☔ 🍂✨

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Srizanaapost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Srizanaapost:

Shortcuts

Share