AM entertainment & production

Website Contact the business

AM entertainment & production Services:
Photography, Videos/Cinematography, Post Production, Equipment hiring, and much more.

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत  'दशैं आयो ' सार्वजनिक काठमाडौँ ।नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट ...
12/10/2026

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत 'दशैं आयो ' सार्वजनिक

काठमाडौँ ।नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो ' शुक्रबार सार्वजनिक भएको छ ।
पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको 'दशैं आयो ' गीतलाई सुनिल राईको एरेन्ज रहेको छ ।
नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ । गायक हसन राईले
यसअघि १ महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्का संगको सहकार्यमा 'खोर्सानी खायो मैनाले' गीत ल्याएका थिए ।
उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन् गायक राइले सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्ममा राम्रो चर्चा बटुल्न थालेको जानकारी दिनु भयो ।





LUNGTO CREATION PROUDLY PRESENT DASHAIN SONG “DASHAIN AAYO” 🎵Cele...

बाढीको पीडा समेटिएको प्रचण्डको गीत 'खै कहा छ मेरो गाउँ ' सार्वजनिककाठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० म...
07/10/2026

बाढीको पीडा समेटिएको प्रचण्डको गीत 'खै कहा छ मेरो गाउँ ' सार्वजनिक

काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो ।
यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी ,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाकारले आफ्ना सिर्जनामार्फत उतारेका छन् ।

त्रिशूलीको बाढीले बगाएका बस्ती, भत्किएका सपना र फेरिएको भूगोलको कथालाई समेटेर बाढीबाट एउटा सभ्यतानै सकिएको देवीघाटका गायक प्रचण्ड बाबु राइले 'खै कहा छ मेरो गाउँ ' गीत ल्याएका छन् । गीतकार उमेश लम्सालको शब्द रचना र संगीतकार हरि लम्सालको संगीत रहेको गीतले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको पीडा र बस्ती विस्थापनलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । दीक्षित पौडेलले गीतको एरेन्ज गरेका हुन् ।
आफै घर गुमाएका बाढीपिडित गायक प्रचण्डबाबु र पवित्रा आचार्यले गीतको भिडियोमा मार्मिक अभिनय गरेका छन् ।बाढी प्रभावित क्षेत्रमा नै खिचेर भिडियो तयार गरिएको छ ।
शिबन पोखरेलको निर्देशनमा बनेको भिडियोमा सुदीप मैनालीको सिनेमाटोग्राफी ,निरन्जन के सीको सम्पादन रहेको भिडियोलाई टुभेलनोट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।



Sita Adhikari Presents:------------------------------------...

28/09/2026

SIled Spy Full Episodes

28/09/2026

Junior vs Captain Full Episode

18/09/2026

Final Breakup Hindi Series Full Episode

16/09/2026
03/02/2026

Love कि Politics?
ऋषि धमला र Aliza Gautam को Real Story finally बाहिर आयो!
Fagun 21 Election Special Interview 🎤
Watch Now ▶️
#ऋषिधमला #एलिजागौतम #प्रेमकथा #नेपालचुनाव

12/01/2026

नेपाली गायक प्रमोद खरेलको लाई Propose गर्दा यस्तो उत्तर | Nepali Singer Pramod Kharel ko Answer Pramod Kharel

12/01/2026

भाषण धेरै, काम Zero – नेपालको युवा नेताको Reality 😂 | Political Parody
https://youtu.be/AWFgtzM0ezQ

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when AM entertainment & production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AM entertainment & production:

Shortcuts

Share