30/08/2025
Day-5
Marpha village to Pokhara
अपर मुस्ताङ जाने बेलामा फर्कदा निसकने भनेर छाडिराखिको मार्फा गाँउ, बेनी जोमसोम राजमार्ग छाडेर भित्र छिर्नु पर्छ ।
Hello vangre viewer ! म अज्ञात । तपाईंलाई Mustang vlog series मा स्वागत छ ।
Marpha गाउँ, Mustang जिल्लाको Kali Gandaki नदी किनारमा करिब २,६७० मिटर उचाइमा अवस्थित, धौलागिरी र निलगिरी हिमालको छायामा बसेको थकाली समुदायको प्रमुख बस्ती हो, जसलाई "Apple Capital of Nepal" भनेर चिनिन्छ।
यस गाउँले प्राचीन नुन–व्यापार मार्ग (Salt Trade Route) मार्फत व्यापारिक महत्त्व पाएको थियो भने आज यसको सफा गल्ली, ढुङ्गाका परम्परागत घर, बौद्ध गुम्बा, चर्तेन र प्रार्थना चक्रहरूले धार्मिक र सांस्कृतिक पहिचान बोकेको छ।
Marpha का स्याउ, Apple Brandy, Cider, Pie र Jam विश्वभर लोकप्रिय छन् भने Thakali खानाले पर्यटकलाई आकर्षित गर्छ।
मार्फाका हरेक गल्ली चहारिसएके पछी हामीले पनि Tiktok street मा गएर सिसन बानियाले बनाएको टिकटकमा स्टिज गरेर जसो तसो टिकटक बनएर मार्फालाई पनि बिदा गर्छौ ।
त्यस पछी हामी कही पनि नरोकीकन बेनी जोमसोम राजमार्गलाई पछ्याउँदै टुकुचे, खन्ति, कोबाङ्ग, लार्जुङ्ग, कालोपानी, घाँस हुँदै काभ्रे भीर कटेर रुप्से झरना आईपुग्छौ ।
रुप्से झरना नेपालकै प्रसिद्ध र रमणीय झरनाहरूमध्ये एक हो। यो गण्डकी प्रदेशको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–३, तातोपानी नजिकै अवस्थित छ। यस झरना समुद्री सतहदेखि करिब १,१०० मिटर उचाइमा रहेको छ र पोखरा–जोमसोम हुँदै मुस्ताङ जाने बेनी–जोमसोम सडक किनारमै पर्छ।
करिब ३०० मिटर अग्लो यो झरना विशेषगरी वर्षायाममा अत्यन्तै आकर्षक देखिन्छ, किनकि त्यतिबेला झरनाको पानी प्रचण्ड रूपमा बगेर वरिपरि सेतो कुहिरो फैलाउँदा दृश्य अद्भुत देखिन्छ। यसको पानी कालीगण्डकी नदीमा मिसिन्छ, जसलाई धार्मिक दृष्टिले पवित्र मानिन्छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साहसिक यात्राको संगम भएको यो स्थल मुस्ताङतर्फ जाने यात्रु तथा पर्यटकहरूको प्रमुख आकर्षण मानिन्छ।
कतै-कतै पहिरोले बिगारेको बाटोहरुमा गाडिहरुलाई पालो दिदै अफ्ठ्यारा बाटोहरु मा बिस्तारै जोगिएर फेरी पिचबाटोमा रफ्तार लिदै हामी तातो पानी आईपुग्छौ ।
तातोपानीमा पनि हामी ननिस्की हामी पोखरेबगर कटेर कालिगण्डकी नदिको कोरिडोर हुँदै जानी बेनी जोमसोम राजमार्गमा पर्ने यो पहाड खोपेर निकालिएको रोड उज्यालोमै कट्छौ ।
आज हामी जसरि भए पनि पोखरा पुग्नु पर्ने भएकोले बाटोमा कतै पनि नाल्मलिकन कारीब ८ बजे पोखरको अध्यारो भित्र हामी मिसिन पुग्छौ ।
fans
https://www.youtube.com/watch?v=igsTpCzpCOE