11/08/2026
नेपाल फोटोग्राफर महासंघ
धन्यवाद तथा शुभकामना ज्ञापन
दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा मिति २०८३ श्रावण २२ गतेदेखि २४ गतेसम्म सफलतापूर्वक सम्पन्न गरिएको "फोटोग्राफिक वर्कसप" प्रति नेपाल फोटोग्राफर महासंघको गम्भीर ध्यानकृष्ट भएको छ।
उक्त वर्कसप सञ्चालन गरी दाङ जिल्लाका फोटोग्राफरहरूलाई हौसला प्रदान गर्नुका साथै उहाँहरूको सिप विकास र व्यवसायीकरणमा पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै महासंघ सम्पूर्ण दाङ जिल्ला फोटोग्राफर एसोसिएसन परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ।
साथै, यस ज्ञानमूलक तथा शिक्षाप्रद कार्यक्रममा मुख्य मेन्टरको रूपमा खटिएर आफ्नो अमूल्य ज्ञान र अनुभव साटासाट गर्नुभएकोमा महासंघका उपाध्यक्ष एवं केन्द्रीय मेन्टर श्री Digambar Rajbansi Rajbanshiज्यु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ।
दाङ जिल्लाले देखाएको यो अनुकरणीय पहलजस्तै देशका अन्य सम्पूर्ण जिल्ला एसोसिएसनहरूले पनि फोटोग्राफी शिक्षा, तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै लगेमा हाम्रा नेपाली फोटोग्राफरहरूको सिप र व्यवसायले व्यावसायिकताको सर्वोच्च शिखर (सगरमाथा) चुम्न धेरै समय लाग्ने छैन भन्ने महासंघको दृढ विश्वास रहेको छ।
भविष्यमा पनि यस्ता रचनात्मक तथा व्यावसायिक क्षमता विकासका कार्यक्रमहरूले निरन्तरता पाउनेछन् भन्ने आशा र विश्वास व्यक्त गर्दछौँ।
विक्रम न्यौपाने
महासचिव
नेपाल फोटोग्राफर महासंघ
फाेटाेः यमुना बाेहरा