24/09/2025
༄༅། ། རྟེན་འབྲེལ་བཅུ་གཉིས་ཀྱི་སྐོར། १२ ( प्रतीत्यसमुत्पाद )
भगवान् बुद्धले बताए अनुसार, कुनै पनि कुरा उत्पत्ति हुन या देखा पर्न या अस्तित्वमा आउनको लागि त्यसका केही कारणहरू हुनैपर्छ । बिना कारण कुनै पनि चीज देखा पर्दैन । त्यस्ता कारणहरूमध्ये एक थरि 'हेतु' हुन्छन् र अर्का थरि 'प्रत्यय' हुन्छन् । 'हेतु' भनेको कुनै पनि कुराको मूल बीउ (बीज) जस्तो हो । 'प्रत्यय' भनेका त्यो हेतुलाई काम गर्न आड दिने र सहयोग गर्ने अन्य कुराहरू हुन् । कुनै पनि वस्तु उत्पन्न हुनको लागि 'हेतु' र 'प्रत्यय' दुबै चाहिन्छन, हेतु मात्र भएर पनि पुग्दैन, प्रत्यय मात्र भएर पनि पुग्दैन । जस्तैः - मकैको बोट उम्रेको देखियो । त्यसको हेतु के हो, प्रत्यय के हो ? रोपिएको मकैको 'गेडा' हेतु हो भने माटो, पानी, हावा, घाम, छर्ने मानिस इत्यादि सबै प्रत्ययहरू हुन् । मकैको बीउ नभएको भए त्यो मकैको बोट देखापर्ने थिएन । धानको बीउ रोपिएको भए मकैको बोट बन्दैनथ्यो । आँप रोपेर सुन्तला फल्दैन । हेतु जे छ त्यही बमोजिंको फल हुन्छ । त्यस्तै माटो, पानी, हावा इत्यादि नभएको भए त्यो मकैको बीउ उम्रिदैनथ्यो ।
घरमा थैलाभित्र राखेको मकै उम्रिएर 'बोट' बन्दैन । त्यसकारण हेतु र प्रत्यय दुबैको संयोगबाट वस्तुहरू देखा पर्छन् । यो सिद्धान्त सबै कुरामा लागू हुन्छ । संसारका प्रत्येक कुराहरू यही सिद्धान्त अनुसार देखा पर्छन् । यो सिद्धान्तलाई 'प्रतीत्यसमुत्पाद' भनेर भगवान् बुद्धले बताउनुभएको छ । संसारका सम्पूर्ण कुराहरू यही 'प्रतीत्यसमुत्पाद' का आधारमा चल्छन् ।
'प्रतीत्य' भनेको 'आश्रय दिएर', 'विश्वास गरेर', 'आधारित भएर' 'छ जस्तो ठानेर' इत्यादि हो । 'समुत्पाद' भनेको 'उत्पत्ति हुनु' 'देखा पर्नु', 'अस्तित्वमा आउनु' हो । छोटकरीमा यो 'प्रतीत्यसमुत्पाद' शब्दको अर्थ हो 'कुनै कुरामा आश्रित भएर अर्को कुरा उत्पन्न हुनु' । त्यसैले 'प्रतीत्यसमुत्पाद' लागू नहुने कुनै कुरा या वस्तु (धर्म) नै छैन । यो पृथ्वी, यी प्राणीहरू, हामी मनुष्यहरू, कर्म, सुगति, दुर्गति ज्ञान-विज्ञानका तथ्यहरू इत्यादि जे जति पनि कुराहरू छन् ती सबै 'प्रतीत्यसमुत्पाद' बाट चल्दछन् । त्यसैले यी सबै कुराहरूलाई 'प्रतीत्यसमुत्पाद' बाट पैदा भएका अथवा 'प्रतीत्यसमुत्पन्न' भनिन्छ ।
यो ब्रह्माण्ड अथवा संसारको 'सृष्टि', 'स्थिति' र 'प्रलय' प्रतीत्यसमुत्पादको नियमले हुन्छ । कर्म र कर्मका फलहरूको भोगाइ प्रतीत्यसमुत्पादबाटै हुन्छ, जसका आधारमा प्राणीहरूले दुःख पाउने या सुख पाउने हुन्छन् । त्यस्तै दुःख-सुख या संसारबाट तर्ने काम पनि प्रतीत्यसमुत्पादका आधारमै चल्दछ । बुद्धता प्राप्त हुनु, बुद्धका जस्ता असाधारण गुणहरू लाभ गर्नु, बुद्धले गर्ने महान् कृत्य (कार्य) प्राणीको हित सबै प्रतीत्यसमुत्पादका आधारमै हुन्छन् । त्यसकारण यो' प्रतीत्यसमुत्पाद' को पनि सामान्य (साधारण) र असाधारण तहहरू हुन्छन, बाहिरी, भित्री र गुह्य तहहरू हुन्छन् अर्थात् सामान्य कार्य-कारण-व्यवस्थादेखि लिएर निष्मञ्च बुद्धगुणहरूको साक्षात्कारसम्म विभिन्न तहको प्रतीत्यसमुत्पादले काम गर्दछ । अतः प्रतीत्यसमुत्पाद धेरै नै गहिरो कुरा हो र यसलाई क्रमशः बुझ्दै जानुपर्छ ।
अहिले हामीले समुदय सत्य अन्तर्गत संसारमा हामीले कसरी दुःख पाउनुपरेको छ त्यससँग सम्बन्धित कारणहरूलाई बताउँदैछौ । अघि भनिहाल्यों कि दुःखहरू र सुखहरू पनि' प्रतीत्यसमुत्पाद'का आधारमा हुन्छन् । वास्तवमा कसैले दिएर दुःख आउने पनि होइन, कसैले हरेर दुःख लगिदिने पनि होइन, आफ्नै कर्महरू' प्रतीत्यसमुत्पाद'का आधारमा चल्दै जाँदा दुःख पाइन्छ या सुख पाइन्छ । यस सन्दर्भमा कार्य गरिराख्ने प्रतीत्यसमुत्पादलाई 'द्वादशांग प्रतीत्यसमुत्पाद' या '१२ निदान' पनि भनिन्छ । यो प्रतीत्यसमुत्पादका तीन काण्ड (हाँगा) छन् र १२ अङ्ग छन् । निदान भनेको 'कडी' या 'सिक्री' या 'सम्बन्ध' हो । हाम्रो जीवन-मरण १२ किसिमका कडीहरूबाट चलिरहेको कुरा भगवान् बुद्धले बताउनुभएको छ । त्यसैले यसलाई द्वादशाङ्ग प्रतीत्यसमुत्पाद (१२ अङ्ग भएको प्रतीत्यसमुत्पाद) भनिएको हो । तिनीहरू यस प्रकार छन् -
१. अविद्या २. संस्कार. ३. विज्ञान ४. नामरूप ५. षडायतन ६. स्पर्श ७. वेदना ८. तृष्णा ९. उपादान १०. भव ११. जाति १२. जरामरण ।
མཁས་འཇུག་སྡོམ་བྱང་ལས།
མ་རིག་འདུ་བྱེད་རྣམ་པར་ཤེས།།
མིང་གཟུགས་སྐྱེ་མཆེད་དྲུག་རེག་པ།།
ཚོར་བ་སྲེད་པ་ལེན་པ་དང་།།
སྲིད་པ་སྐྱེ་བ་རྒ་ཤི་འོ།། ཞེས་སོ།།
१. अविद्याः- མ་རིག་པ།
'न जान्नु' या गलत जान्नु 'अविद्या' हो । हाम्रो मनमा पहिलेका जन्महरूमा जम्मा गरिएका क्लेशहरूको अवस्था नै अहिले 'अविद्या' बनेर रहेको हुन्छ र नजान्ने या उल्टो जान्ने गराउँछ । अविद्याको पनि भद्दा (स्थूल) र मसिना (सूक्ष्म) तहहरू हुन्छन् । विस्तारमा तीस किसिमका अविद्याहरू बताइएका छन् तापनि संक्षेपमा भन्ने हो भने संसारका सम्पूर्ण कुराहरूको वास्तविक स्वभाव जस्तो छ त्यसलाई जस्ताको तस्तै चिन्न नसक्नु नै अविद्या हो । अर्को शब्दमा भन्ने हो भने 'अनित्य' 'दुःख' 'अनात्म' र 'शून्य' स्वभाव भएका कुराहरू या वस्तुहरूमा 'नित्य' 'सुख' 'आत्मा' र अशून्य (याने स्वतन्त्र ठोस अस्तित्व भएको) देख्नु, अनुभव गर्नु र विश्वास हुनु नै अविद्या हो । यसले 'ज्ञान'लाई ढाक्छ र यो मूल क्लेश हो । यही अविद्याले 'म साँच्चिकै छु' भन्ने भ्रान्ति गराउँछ, यही अविद्याले नै जगत् साँच्चिकै छ भन्ने भ्रान्ति गराउँछ । यही अविद्याले नै 'चार आर्यसत्य', 'बुद्ध', 'प्रतीत्यसमुत्पाद', 'आर्य अष्टाङ्गिक मार्ग' जस्ता मोक्षसँग सम्बन्ध राख्ने तथ्यहरूलाई बुझ्न या चिन्न दिँदैन, याने ढाकेर राख्छ । यो अविद्यामा आधारित भएर हाम्रो चित्तमा संस्कारहरू बन्दछन् । अविद्या न हुने हो भने संस्कार बन्दैनन् । त्यसैले अविद्याप्रत्ययाः संस्काराः (अविद्यालाई प्रत्यय बनाएर याने आधार बनाएर संस्कारहरू देखा परेका हुन्छन्) भनेर भगवान् ले बताउनुभएको छ ।
२. संस्कारः- འདུ་བྱེད།
पहिले गरेका कर्महरूको चित्तमा जमेको 'छाप'लाई संस्कार भन्दछन् । संस्कारहरूको कारणले नै चित्तले पुनर्जन्म लिन्छ, संस्कारहरूको कारणले नै राम्रो, नराम्रो ठीक-बेठीक, गर्न हुने गर्न नहुने भन्ने धारणा र विश्वासहरू मनमा जम्दछन् ।
३. विज्ञानः- རྣམ་ཤེས།
'विज्ञान' भनेको 'विषयको ज्ञान' हो र त्यो ज्ञान चित्तले गर्ने भएकोले चित्तलाई नै विज्ञान भनिन्छ । द्वादश निदानभित्र 'प्रतिसन्धि चित्त' लाई 'विज्ञान' भनिन्छ । 'प्रतिसन्धि' भनेको नयाँ गर्भमा जोडिनु हो । त्यसैले 'प्रतिसन्धि चित्त' भनेको नयाँ जन्ममा गर्भसँग जोडिन पुग्ने चित्त हो र यो नै पुनर्जन्म ग्रहण गर्ने पहिलो क्षणको चित्त हो । पहिलेका संस्कारहरूको बलले यो चित्त पैदा गराउँछ र त्यस्ता संस्कारहरू पूर्णरूपमा नष्ट भएका छन् भने यो प्रतिसन्धिचित्त बन्दैन । त्यसैले संस्कारहरूको आधार लिएर पुनर्जन्मको चित्त (विज्ञान) पैदा हुन्छ । त्यसपछि नयाँ शरीरसँग जोडिएर चित्तका इन्द्रियहरू विकसित हुन थाल्छन् र शरीर एवं मनको विकास हुँदै जान्छ ।
४. नामरूपः- མིང་གཟུགས།
'नाम' भनेको चित्त नै हो र रूप भनेको शरीर हो । 'नाम' भित्र वेदना, संज्ञा, संस्कार र विज्ञान गरी चार स्कन्धहरू पर्दछन् जसलाई 'नामस्कन्ध' पनि भनिन्छ । यिनीहरू मन (अर्थात् चित्त) का भागहरू हुन् । र यिनीहरूको रूप, रंग, आकार केही पनि नहुने भएकोले यिनीहरूलाई अरूपी स्कन्ध (थुप्रो) पनि भनिन्छ भने शरीरको रूप, रंग र आकार पनि हुने भएकोले शरीरलाई 'रूपी स्कन्ध' पनि भनिन्छ ।
पाँच स्कन्धहरू (पञ्च स्कन्ध)
नामभित्र पर्ने चार र रूप मिलाएर पाँच ओटा स्कन्ध अथवा 'राशी' या थुप्रोले हाम्रो व्यक्तित्व बन्दछ । त्यसको अलावा व्यक्ति या जीवमा अरु केही हुँदैन । ती पाँच ओटा स्कन्धहरूलाई पञ्च स्कन्ध भनिन्छ । ती हुन् -
क) रूप स्कन्ध
ख) वेदना स्कन्ध
ग) संज्ञा स्कन्ध
घ) संस्कार स्कन्ध
ङ) विज्ञान स्कन्ध
क) रूप स्कन्धः-
रूप, रंग र आकार भएको हाम्रो व्यक्तित्वको हिस्सा रूप स्कन्ध हो । त्यसैले हाड, मासु, नसा, छाला आदिले बनेको यो शरीर नै रूपस्कन्ध हो । यो छिन छिनमै परिवर्तन भइराखेको हुन्छ । त्यसैले यो अनित्य हुन्छ ।
ख) वेदना स्कन्धः-
हाम्रो मनले जतिखेर पनि सुख, दुःख या उपेक्षाको रूपमा कुनै न कुनै अनुभव गरिराखेको हुन्छ । त्यस्तो अनुभव भइराख्ने मानसिक हिस्सालाई वेदना स्कन्ध भन्छन् । यो पनि छिनछिनमै तीब्र गतिमा परिवर्तन भइरहन्छ र मनको भाग हो ।
ग) संज्ञा स्कन्धः-
हामीले कुनै पनि कुरा अनुभर् गर्दा या थाहा पाउादा त्यसको र्शिष लक्षण या र्शिषता पनि चिन्ने गछौं । त्यसैले उक्त स्र्तु या र्षियलाई अरूभन्दा फरक भनेर छुट्याउन सकेका हुन्छौं । भाषा, शब्द, नाम इत्यादिमार्फत त्यसरी विशेषता थाहा पाउने काम हुन्छ । त्यसरी विशेष लक्षण या निमित्तलाई थाहा पाउने मनको हिस्सालाई 'संज्ञा स्कन्ध' भनिन्छ । यो पनि छिनछिनमै परिवर्तन भइरहेको हुन्छ र अनित्य हुन्छ ।
घ) संस्कार स्कन्धः-
पहिलेका अनुभवहरूको आधारमा मनमा परेको छापको संगालोलाई 'संस्कार स्कन्ध' भन्दछन् । यसले प्रत्येक नयाँ अनुभवलाई तोडमरोड गरेर ढाँचा दिने काम गर्दछ । त्यसरी ताजा स्वच्छ अनुभवलाई ढाचा दिने कामलाई अभिसंस्कार गर्ने भनिन्छ । संस्कार स्कन्धको काम नै अनुभूतिलाई अभिसंस्कृत पार्ने या ढाचा दिने या छाप लाउने या चश्मा लगाउने हो । त्यसैले संस्कारहरूको पोकोले जकडिएको मनले निर्मल सत्यलाई देख्ने या चिन्ने सम्भावना हुँदैन । तैपनि संस्कार स्कन्धलाई विशुद्ध पार्दै लैजान र अन्त्यमा आएर यिनीहरूको पकडबाट मुक्त हुन भने सकिन्छ । जे होस् त्यस्ता छापहरूको मानसिक हिस्सालाई संस्कार स्कन्ध भनिन्छ । यो पनि अनित्य नै हुन्छ र निरन्तर प्रवाहित भैराखेको हुन्छ ।
ङ) विज्ञान स्कन्धः-
हाम्रो मनको होश या थाहा पाउने पक्षलाई विज्ञान स्कन्ध भनिन्छ । विज्ञान स्कन्धले विषय याने आलम्बनलाई जान्दछ । विज्ञान नहुने हो भने कुनै पनि विषय या आलम्बन र त्यसका विशेषताहरू र अन्य कुनै कुरा पनि महसुस हुँदैनन् र हामी जड या निर्जीव ढुङ्गा जस्ता हुन्छौं । त्यसैले विज्ञान भनेको 'होश', 'चित्त' या 'चेतन' नै हो । तर यसले संज्ञाले जस्तो विशेषतालाई थाहा पाउने काम गर्दैन । यो पनि छिन छिनमा आलम्बनसँगै परिवर्तन भइरहन्छ र अनित्य हुन्छ । यति पाँच स्कन्धहरू नै एक व्यक्ति (पुगल) का सम्पूर्ण पक्षहरू हुन् । प्रतिसन्धि याने गर्भसँग जोडिने काम भैसकेपछि यी पाँचै स्कन्धहरूको विकास हुन थाल्छ, अर्को भाषामा भन्दाखेरि नाम र रूपको विकास हुन थाल्छ ।
त्यसकारण यहाँ नामरूप भनेको गर्भमा चित्त पसेपछिको 'भ्रूण' को अवस्था हो । विज्ञान (प्रतिसन्धि चित्त) भएपछि त्यसकै कारणले यो नामरूपको अवस्था आउँछ । त्यसैले "विज्ञानप्रत्ययं नामरूपम्” भनेर सूत्रहरूमा भगवान् ले बताउनुभएको छ ।
५. षडायतनः- སྐྱེ་མཆེད།
'षड्' भनेको ६ र आयतन भनेको 'ढोका' हो । त्यसैले षडायतन भनेको विज्ञानले (चित्तले) थाहा पाउने अथवा विषयहरूमा प्रवेश गर्ने ६ ओटा ढोकाको समूह हो । सामान्य अवस्थामा, मानवका ६ ओटा इन्द्रियहरू विकसित हुन्छन् र भ्रूण एक विकसित बच्चाको रूपमा आइपुग्छ । यी ६ ओटा इन्द्रियहरू नै उक्त छ ओटा द्वार या ढोका हुन् जस मार्फत मनको सम्बन्धित विषयहरूसँग सम्पर्क हुन्छ । ती हुन् -
१. काय (शरीर) २. श्रोत्र (कान) ३. जिह्वा (जिब्रो) ४. घ्राण (नाक) ५. चक्षु (आँखा) ६. मन । अघि बताइएको नामरूप (चित्त र शरीर मिलेको भ्रूण) को कारणले ६ ओटा आयतनहरू बन्दछन् । त्यसैले “नामरूपप्रत्ययं षडायतनम्" भनिन्छ ।
६. स्पर्शः- རེག་པ།
स्पर्श भनेको 'सम्पर्क' या 'छोइनु' हो, या आपसमा सम्बन्ध हुनु हो । ६ ओटा आयतनसित तिनीहरूका आ-आफ्ना आलम्बनहरूको सम्पर्क हुनु 'स्पर्श' हो । माथिका ६ आयतनहरूलाई 'अध्यात्म आयतन' (भित्री आयतन) भन्छन् । यिनीहरूसँग सम्पर्कमा आउने वस्तु (विषय) लाई बाह्य आयतन (बाहिरी आयतन) भन्दछन् । तिनीहरू हुन् -
१) स्पष्टव्य (छोएर थाहापाइने खस्स्रो-मसिनो वस्तु)
२) शब्द (आवाज)
३) रस (स्वाद)
४) गन्ध
५) रूप
६) धर्महरू (मनले थाहा पाइने सम्पूर्ण मानसिक कुराहरू)
यसरी जम्मा १२- आयतन हुन्छन् । यिनीहरूको आपसमा सँबन्ध हुनु नै 'स्पर्श' हो र यो नै विभिन्न विषयहरूसँग भएको चित्तको सम्पर्क हो ।
षडायतन विकसित भैसकेपछि जन्म हुन्छ र र स्पर्श पूर्णरूपमा चल्न थाल्छ । पेटभित्र रहँदा सबै आयतनहरूसँग पूर्णरूपले स्पर्श हुन पाएको हुन्न । जन्मिएपछि त्यो शुरु हुन्छ । त्यसैले सामान्यतया जन्मेपछिको अवस्थालाई स्पर्श भनिन्छ । सूत्रहरूमा "षडायतनप्रत्ययः स्पर्शः” भनेको त्यही हो ।
यसरी ६ - ६ आयतनहरूको सम्पर्कबाट आएको स्पर्श सहितको चित्त (विज्ञान) ६ किसिमको हुन्छ । तिनीहरू हुन् -
१) काय विज्ञान
२) श्रोत्र विज्ञान
३) जिह्वा विज्ञान
४) घ्राण विज्ञान
५) चक्षुर्विज्ञान
६) मनोविज्ञान
यिनीहरूलाई षड् विज्ञान भन्दछन् ।
यसरी जम्माजम्मी १८ ओटा कुराहरू हामीसाग हुन पुग्छन् हुन्छन् ।
७. वेदनाः- ཚོར་བ།
'वेदना' भनेको अनुभव हुनु हो । हामीले बोलीचालीको भाषामा वेदना भन्दाखेरि 'पीडा' भन्ने बुझ्दछौं । तर यहाँ वेदना भन्नाले जस्तो सुकै अनुभवलाई पनि बुझ्नुपर्छ । आँखा, कान इत्यादि इन्द्रिय (अध्यात्म आयतन) को आ-आफ्नो आलम्बन (थाहा पाइने वस्तु) सँग सम्पर्क (स्पर्श) हुनाको कारणले हामीलाई तीन किसिमका अनुभवहरू हुनसक्छन् । तिनीहरू नै 'वेदना' हुन् । त्यसैले वेदनाहरू तीन किसिमका हुन्छन् ।
१) सुखा वेदना (सुख दिने, रमाइलो लाग्ने अनुभव)
२) दुःखा वेदना (दुःख दिने, झर्को लाग्ने अनुभव)
३) 'उपेक्षा' अथवा 'अदुःखासुखा' वेदना (न दुःख न सुखको तटस्थ खालको अनुभव)
यीमध्ये कुनै न कुनै वेदनाहरू हामीलाई भइरहेकै हुन्छन् । स्पर्शको कारणले यी वेदनाहरू भइरहन्छन् । त्यसकारण 'स्पर्शप्रत्यया वेदना' भनिन्छ ।
८. तृष्णाः- སྲེད་པ།
वेदनाको कारणले 'तृष्णा' आउँछ । सुखा वेदना रहेछ भने राग आइहाल्छ, दुःखा वेदना रहेछ भने द्वेष आइहाल्छ, उपेक्षा (या अदुःखासुखा) वेदना रहेछ भने 'मोह' आइहाल्छ । यिनै राग, द्वेष र मोह भनेकै तृष्णा हुन् जुन कुरा हामीले पहिले नै बताइसक्यौं । त्यसैले भगवान्ले 'वेदनाप्रत्यया तृष्णा' भनेर उपदेश दिनुभएको छ ।
उदाहरणको लागि, एउटा केटाले राम्री युवतीलाई झलक्क देख्यो । उसले देख्नु चक्षु (आखा) द्वारा रूपको स्पर्श' हो । त्यो स्पर्श भएको कारणले उसमा 'सुखा वेदना' पैदा हुन्छ अर्थात उसलाई राम्रो या आनन्द लाग्छ । त्यही सुखा वेदना अनुभव भएको कारणले नै उसमा फेरि फेरि त्यही युवतीलाई हेरिराखूँ भन्ने चाहना पैदा हुन्छ । यो नै 'राग' नाम गरेको तृष्णा हो । त्यो तृष्णा बारंबार पैदा भइराख्यो भने उसलाई फेरि हेने प्रयत्न गर्नुपर्ने या खोज्दै उसको पछि लाग्नपर्ने अवस्था आउँछ । त्यो स्थितिलाई 'उपादान' भनिन्छ अर्थात् 'तृष्णाप्रत्ययमुपादानम्' ।
९. उपादानः- ལེན་པ།
उपादान भनेको मनले बढी पकड गर्नु हो । 'उप' भनेको नजीक र आदान भनेको ल्याउनु हो । कुनै पनि अनुभव भएको आलम्बनलाई मनले पकडेर नजीक ल्याइराख्न थाल्यो भने उपादान भनिन्छ । त्यो 'ग्राह' या 'पकड' भएको अवस्था हो । तृष्णाको अवस्थामा मनमा लगाव कमजोर हुन्छ तर 'उपादान'को अवस्थामा लगाब बलियो हुन्छ र व्यक्तिले 'कर्म' गर्नैपर्ने हुन जान्छ । यस्तो उपादान आलम्बनहरूप्रति पनि हुन सक्छ, विचार-धारणाहरूप्रति पनि हुन सक्छ या कुनै पनि प्रकारका मानसिक अनुभूतिहरूप्रति पनि हुन सक्छ । त्यसैले उपादान चार किसिमका हुन्छन्-
क) कामोपादान
ख) शीलव्रतोपादान
ग) दृष्ट्युपादान
घ) आत्मवादोपादान ।
छोटकरीमा भन्दाखेरि बलियो भएर जागेको तृष्णा नै उपादान हो । उपादानको कारणले नै वर्तमानमा राम्रा नराम्रा कर्महरू गरिन्छन् र भवचक्र चलिरहन्छ । त्यसैले उपादानको कारणले 'भव' हुन्छ भनिएको हो ।
१०. भवः- སྲིད་པ།
'भव' भनेको वर्तमान जगत् नै हो, तर पनि यहाँ भव भनेको उपादानको कारणले गरिने कर्म हो। यो दुई किसिमको हुन्छ – क) कर्मभव ख) उपपत्तिभव । त्यसमध्ये यो जन्मका र पहिलेको जन्मका कर्महरूको संग्रहलाई कर्मभव भन्छन् भने ती कर्महरूको कारणले जन्म हुने सम्भावना भएका विभिन्न लोकहरूलाई उपपत्तिभव भन्दछन् । 'उपपत्तिभव' अर्थात् हामीले जन्म लिनसक्ने संसारलाई 'त्रिधातु' या 'षङ्गति' को रूपमा बताइएको हुन्छ । त्रिधातु भनेका कामधातु, रूपधातु र अरूपधातु हुन् ।
११. जातिः- སྐྱེ་བ།
जातिको अर्थ जन्मिनु हो । कर्मभवको कारणले नै फेरि जन्म हुन्छ । त्यही जन्म भनेको नै जाति हो । जन्मेपछि माथि बताइएझैँ स्पर्श, वेदना, तृष्णा, उपादान हुँदै गर्छन् र त्यो जन्मको 'भव' पनि बन्दै गर्छ । व्यक्ति बूढो हुँदै जान्छ र अन्तमा मर्छ । अर्थात् "जातिप्रत्ययं जरामरणम्" याने जातिलाई आश्रय बनाएर बुढ्याई र मृत्यु आउँछ ।
१२. जरामरणः- རྒ་ཤི།
जरा भनेको बुढ्याई हो र मरण भनेको 'मृत्यु' नै हो । जन्मेपछि आफ्नो कर्मले दिएको हदसम्म बूढो हुने र अन्तमा मर्ने हुन्छ । त्यसैलाई छोटकरीमा 'जरामरण' भनिन्छ । यसभित्रै शोक, विलौना, दुःख, खिन्नता, पछुतो इत्यादि भइरहन्छ । यसरी ठूलो दुःखराशीको उदय भइरहेको छ । यस प्रकार फेरि फेरि अर्को लोकमा जन्म भइराखेको हुन्छ र अनादिकालदेखि नै यस्तै दुःख भइरहेको हुन्छ । "परलोकं पुर्नर्यातीत्यनादि भवचक्रम्” (अभिधर्मकोष)
हाम्रो जन्म-मरणको शृङ्खला यही हो। यो प्रतीत्यसमुत्पादमा पहिला दुइ ओटा (अविद्या र संस्कार) ले पहिला जन्मको कुरा औंल्याएका छन् भने बाँकी आठ ओटा (विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान र भव) ले वर्तमान जन्मलाई औंल्याएका छन् । त्यस्तै अन्तिम दुई ओटा (जाति र जरामरण) ले भावी जन्मलाई औंल्याउँछन् । यसरी तीन जन्मलाई सम्बन्धित गरेर यो उपदेश बताइएको हो र तीन काण्ड भएको प्रतीत्य समुत्पाद भन्नुको तात्पर्य यही हो र यो निरन्तर चलिरहेको छ र हामी त्यसमै बाँधिएका छौं ।
The Cycle of Twelve Links of Dependent Origination (प्रतीत्यसमुत्पाद)
According to the Buddha’s teaching, for anything to arise, appear, or come into existence, there must be certain causes. Nothing appears without a cause. Among these causes, some are called hetu (primary causes) and others are called pratyaya (conditions).
• Hetu is like the seed of a plant.
• Pratyaya are the supportive conditions such as soil, water, air, sunlight, and the person who plants it.
For example, when a maize plant grows, the maize seed is the hetu, and the soil, water, and sunlight are the pratyaya. If the seed is not there, the maize plant cannot appear. Likewise, if only the seed exists but no supporting conditions (soil, water, sun), it cannot grow. Both are necessary.
This principle applies to everything in the world. Nothing exists independently. Everything arises in dependence on causes and conditions. This universal law is called Pratītyasamutpāda (Dependent Origination) by the Buddha.
The word Pratītya means “depending on,” “relying upon,” “conditioned by,” and Samutpāda means “arising,” “coming into being,” “appearing.” In short, it means:
➡ “Because this exists, that arises; when this ceases, that ceases.”
Thus, there is nothing that is not governed by Pratītyasamutpāda. This world, beings, humans, karma, happiness, suffering, knowledge, science—everything functions through dependent origination.
Even the creation, existence, and dissolution of the universe happens according to this law. Experiencing the results of karma, whether happiness or suffering, also arises from it. Enlightenment, Buddhahood, and even the extraordinary activities of the Buddha for the benefit of beings—all operate on the basis of dependent origination.
Therefore, this principle has many levels—ordinary, profound, and ultimate. From simple cause-and-effect relationships to the realization of the deepest qualities of a Buddha, all are expressions of Pratītyasamutpāda.
⸻
The Twelve Links of Dependent Origination (Dvādaśāṅga Pratītyasamutpāda)
Buddha explained that the cycle of suffering (saṃsāra) continues through twelve interdependent links, like a chain. These links show how birth and death continue. They are:
1. Avidyā (Ignorance) — not knowing the truth of reality
2. Saṃskāra (Formations) — mental impressions and karmic volitions
3. Vijñāna (Consciousness) — the stream of awareness that enters rebirth
4. Nāma-rūpa (Name-and-Form) — mind and body
5. Ṣaḍāyatana (Six Sense Bases) — eye, ear, nose, tongue, body, and mind
6. Sparśa (Contact) — contact between sense bases and their objects
7. Vedanā (Feeling/Sensation) — pleasant, unpleasant, or neutral feeling
8. Tṛṣṇā (Craving/Thirst) — desire or attachment
9. Upādāna (Clinging/Grasping) — holding tightly to objects, views, or self
10. Bhava (Becoming/Existence) — karmic existence leading to rebirth
11. Jāti (Birth) — the arising of a new life
12. Jarāmaraṇa (Aging and Death) — old age, death, sorrow, lamentation, and suffering
⸻
A Brief Explanation of the Twelve Links
1. Ignorance (Avidyā) — Not knowing the true nature of reality (impermanence, suffering, non-self, emptiness). It is the root of delusion, causing beings to see permanence where there is impermanence, self where there is no self, and happiness where there is suffering.
2. Formations (Saṃskāra) — Impressions of past actions (karma) stored in the mindstream. These drive future experiences and rebirths.
3. Consciousness (Vijñāna) — Awareness that connects with a new womb at conception (rebirth-linking consciousness).
4. Name-and-Form (Nāma-rūpa) — The psycho-physical aggregates: mind (feelings, perception, volition, consciousness) and body.
5. Six Sense Bases (Ṣaḍāyatana) — The six faculties that connect to the world: eye, ear, nose, tongue, body, and mind.
6. Contact (Sparśa) — When a sense base meets an object, and consciousness is present, contact occurs.
7. Feeling (Vedanā) — From contact arises sensation: pleasant, unpleasant, or neutral.
8. Craving (Tṛṣṇā) — From feeling arises craving: desire for pleasure, aversion to pain, or ignorance.
9. Clinging (Upādāna) — Strong grasping that leads to attachment to objects, ideas, or self.
10. Becoming (Bhava) — The active force of karma and existence that prepares future rebirth.
11. Birth (Jāti) — The beginning of life in a new existence due to karmic causes.
12. Aging and Death (Jarāmaraṇa) — With birth inevitably comes aging, death, and associated sorrow, lamentation, and suffering.
⸻
Summary
Thus, the twelve links are not about someone else giving us suffering, nor someone stealing it away. They explain how suffering arises naturally due to ignorance, karma, craving, and clinging. It is our own mental and karmic processes, running in a cycle across past, present, and future lives, that keep us bound to saṃsāra.
• Past causes: Ignorance and Formations
• Present experience: Consciousness → Name-and-Form → Six Senses → Contact → Feeling → Craving → Clinging → Becoming
• Future result: Birth → Aging and Death
This is the endless cycle of rebirth and suffering, taught by the Buddha so that beings may understand and ultimately transcend it.
⸻
✨ In short: “When ignorance ceases, formations cease… and with the cessation of birth, aging-and-death ceases. This is liberation.”