All Bank and Loksewa Preparation- सम्पूर्ण बैंक तथा लोकसेवा तयारी

  • Home
  • Nepal
  • Kathmandu
  • All Bank and Loksewa Preparation- सम्पूर्ण बैंक तथा लोकसेवा तयारी

All Bank and Loksewa Preparation- सम्पूर्ण बैंक तथा लोकसेवा तयारी All Bank and Loksewa Preparation-सम्पूर्ण बैंक तथा लोकसेव�

nepal

10/05/2026

सफल भएपछी सुनाउला, एक चोटि फुल्नको लागि कति चोटि भाचिएको छु भनेर । 🙂

#शुभरात्री🎇

09/05/2026

Lekha Nasu old question

01/05/2026

Nayab S***a Old Question

29/04/2026

Bagmati Pradesh Old Questions

28/04/2026

Section officer

27/04/2026

Section officer model questions

21/04/2026

तपाई पनि फस्नु भएको छ फेसबुक र टिकटकका छोटा Reels भिडियोको जालोमा ?

यो मेरो कथा हो... एउटा सच्चा पीडा र संघर्षको कथा, जुन आज हामी सबैको हो।
मलाई थाहा छ, तपाईलाई पनि थाहा छ।
पहिले हामि ७-८ घण्टासम्म लगातार पढ्न सक्थ्यौ। किताबको पानाहरू पल्टाउँदा समय बितेको पनि थाहा हुँदैनथ्यो। दिमाग sharp थियो, सोच गहिरो थियो। Sudoku सुल्झाउँदा, Creative game, Rubik's cube घुमाउँदा, वा एउटा रचनात्मक कथा लेख्दा हामि लाई लाग्थ्यो, “मलाई केही पनि रोक्न सक्दैन।”
तर आज?
३० मिनेट पनि फोकस गर्न मुस्किल छ। एउटा भिडियो हेर्दै अर्को, अर्को... र घण्टौंसम्म स्क्रोल गर्दै बसिन्छ। मनमा एकछिन खुशीको surge आउँछ, अर्कोछिन अचानक खालीपन र उदासी। Mood swing, anxiety, राति सुत्न पनि गाह्रो। अरु Creative Game हरु आज कता गए मेरो mobile बाट ?
यो मेरो मात्र होइन, यो हाम्रो सबैको कथा हो।
फेसबुकको त्यो सानो “Like” बटनले 2004 मा जुन युद्ध सुरु गर्‍यो, त्यसले आज हाम्रो दिमाग र समाज दुवैलाई बर्बाद पार्दैछ। क्रोनोलोजिकल फिडलाई एल्गोरिदमले कब्जा गर्‍यो। अब हाम्रो फिडमा साथीहरूका सच्चा कुराहरू होइन, engagement बढाउने सेलिब्रिटी, भाइरल रिल्स र इन्फ्लुएन्सरका कन्टेन्ट मात्र आउँछन्।

र टिकटक र फेसबुक रील्सले त यो राक्षसलाई झन् खतरनाक बनाइदियो। १५-३० सेकेन्डको short video... For You पेजले हामीलाई थाहा नै नदिई toxic rabbit hole मा पुर्‍याउँछ। सुरुमा एउटा sad song वा breakup video, अनि gradually आत्महत्या, घृणा, कट्टरता र अन्धकारपूर्ण कन्टेन्टसम्म।
कम्पनीहरूका लागि हामी product हौँ, हाम्रो ध्यान र डाटा उनीहरूको कमाइ हो।
मलाई सबैभन्दा दुःख लाग्ने कुरा के हो भने, हाम्रो thinking capacity गुम्दैछ।
पहिले जुन deep focus थियो, जुन गहिरो सोच थियो, जुन potential थियो, सबै आज dormant भइसक्यो।

दिमागमा constant mind swing, एकछिन dopamine hit, अर्कोछिन खालीपन, मैले ७ पटक टिकटक install गरेँ र delete गरेँ। Delete गर्दा राहत महसुस हुन्थ्यो, फेरि install गर्दा थाहा हुन्थ्यो कि म addiction को शिकार बन्दैछु।
तर आज म तपाईलाई भन्न चाहन्छु,
यो हाम्रो weakness होइन। यो सबै Facebook/tiktok को algorithm को डिजाइन हो।
र हामीसँग अझै पनि awareness छ। यो नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
तिमी एक्लो छैनौ। म पनि फसेको थिएँ। हामी सबै फसेका छौँ।
तर अब फर्कने समय आएको छ।
हाम्रो दिमाग अझै मरेको छैन, केवल निदाएको छ। Creative game, Rubik's cube, रचनात्मक लेखन, गहिरो पढाइ, long thinking, सबै फर्काउन सकिन्छ। डिजिटल detox ले दिमाग reset गर्छ। Stress कम हुन्छ, focus फर्किन्छ, creativity र खुशी फर्किन्छ।
आजदेखि हामी सँगै यो यात्रा सुरु गरौँ।
1. Short video apps (TikTok, Reels, Shorts) आजै uninstall गरौँ ।
2. Use Pomodoro Power: २५ मिनेट पूरै फोकससँग पढ्ने, लेख्ने वा रचनात्मक खेल खेल्ने। ५ मिनेट ब्रेक। बिस्तारै ५० मिनेट र १ घण्टासम्म बढाउँदै लैजाने।
3. Analog Hobbies: किताब पढ्ने, Play Creative game, Rubik's cube घुमाउने, बिहानको walk, journal लेख्ने। यी कुराहरूले दिमागलाई फेरि sharp बनाउँछन्।
4. Daily Meditation मात्र १० मिनेट। Deep breathing। यो ले anxiety घटाउँछ र attention span बढाउँछ।
5. Real Connections: परिवार र साथीहरूसँग phone-free समय बिताउने। साँच्चै कुरा गर्ने, हाँस्ने, भावना साट्ने।

Comment मा आफ्नो story लेख्नुहोला। कति पटक delete गरेर फेरि install गर्नुभयो ? आज कुन स्टेपबाट सुरु गर्दैछौ ?
यो पोस्ट share गर्नुहोला, किनकि हामि सबैलाई काम लाग्नेछ र हामी सँगै यो जालोबाट बाहिर निस्कन सक्छौँ।
तपाईको जीवन तपाईको हातमा छ।

20/04/2026

बजारमा निकै केराको चर्चा रहेछ, होइन कति रुपियाँ हाँता रहेछ अहिले केरा?बजारमा निकै केराको चर्चा रहेछ, होइन कति रुपियाँ हाँता रहेछ अहिले केरा ?

यो Airport कुन जिल्लामा रहेको छ ?🤔🤔🤔🤔🤔🤔🤔🤔
16/04/2026

यो Airport कुन जिल्लामा रहेको छ ?🤔🤔🤔🤔🤔🤔🤔🤔

30/03/2026

बागमती प्रदेश लोक सेवा आयोगले दिनेश महरा सरलाई अन्तर्बार्तामा सोधेका प्रश्नहरु !! मिति २०८२/१२/०८

‎१) सुरुमा मैले ( ढोका बाट) May i come in sir ? भित्र बाट सरले आउनुस त्यो फाईल त्या टेबलमा दिनुस अनि त्यो कुर्सीमा बस्नुस !!
‎‎२) नाम दिनेश महरा है ? सन्चै हुनुहुन्छ ? तपाईं खुला बाट आउनु भयो है ?
‎‎३) ए ! अब तपाईको परिचय दिनुस त ?
‎‎४) तपाईं ठ्याक्कै कहाबाट आउनु भयो बैतडी बाट कि ? कैलाली बाट ?
‎‎५) ए कैलाली सुखड बस्नुहुन्छ है ? सुखड त यता आउने बाटैमा पर्छ हो ?
‎हिजो यता कति बेला पुग्नु भयो ? ans राती 9:00 बजे( १५ घन्टाको जाम ले )
‎‎६) +2 कता बाट गर्नु भयो ? +2 के बाट गर्नु भएको ?
‎‎७) तपाईं त BBS पढ्नु भएको रहेछ ? यो BBS र BBA मा केही फरक छ कि ? same same हो है ?
‎‎८) कति बर्ष भयो तपाईलाई आयोग तयारी गर्न लागेको ? यो भन्दा अगाडि पनि अन्तर्बार्तामा कतै सहभागी हुनु भएको थियो कि ?
‎‎९) तपाईं त लेखा पढेको मान्छे प्रशासनमा नाम आएको छ ! लेखामा नाम नआएको हो कि नदिनु भएको हो ? ans नदिएको
‎‎१०) ए ! अहिले नाम आउन थालेपछी कत्तिको confidence बढ्दै छ ?
‎‎११) दिनेश जि यो बरबुझारथ भनेको के होला ? थाहा छ !
‎‎१२) यो लेखा र लेखापरीक्षणमा के फरक छ ? उस्तै उस्तै हो है ?
‎‎१३) संघ, प्रदेश र स्थानिय तहको आन्तरिक र अन्तिम लेखापरीक्षण कस्ले गर्छ भन्नसक्नुहुन्छ ?
‎‎१४) ए अनि बरबुझारथ कस्तो कस्तो अवस्थामा गर्नुपर्ला ? नगर्दा कस्तो बिभागीय सजाय दिइन्छ ?
‎‎१५) प्रदेश निजामती सेवा ऐन पढेर आउनु भएको होला ? यो बहुबिबाह गर्ने लाई कस्तो बिभागीय सजाय दिइन्छ होला ?
‎‎१६) निजामती सेवा ऐन अनुसार कति सेवा छन ?
‎‎१७) १० त भन्नू भयो ! पुर्याउन सकिन्छ त १० सेवाहरु ?
#‎‎अर्को सर !!
‎‎१८) दिनेश जि comfortable feel भैराको छ नि ? ए तपाईले संविधान त पढ्नु भएकै होला है ?
‎‎१९) बर्तमान सम्बिधानमा के कस्ता मौलिक हकहरुको ब्यवस्था गरेको छ ?
‎‎२०) धारा ४६ मा सम्बैधानिक उपचार सहितको मौलिक हकको व्यवस्था छ त भन्नू भयो ! यसबाट कसरी उपचार प्राप्त गर्न सकिन्छ ? थोरै प्रक्रिया बताईदिनुन ?
‎‎२१) ए अनि दिनेश जि तपाईले कतै बाटोमा मान्छेहरुको झगडा भएको र चोटपटक लागेको देख्नु भयो भने के गर्नु हुन्छ ?
‎‎२२) स्थानिय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ र यो कुरा सम्बिधानमा हेर्यो भने धारा २१७ मा यो स्थानिय न्यायिक निकाय हो कि समिती हो एउटा यस्तै के छ ? यो निकाय होकि समिती हो ? ए समिती हो ! अनि यस्ले सुरुमा मेलमिलाप प्रक्रियाबाट समस्याको समाधान गर्छ कि ? के गर्छ ?
‎ #‎अर्को सर
‎‎२३) तपाईको कुन प्रदेश भन्नू भयो ?
‎‎२४) यो सुदुरपश्चिम प्रदेशमा भारतलाई नछुने जिल्ला कती छन ?
‎‎२५) कुन कुन हुन भन्न सकिन्छ ?
‎‎२६) सु.प पदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? थाहा छ ?
‎‎२७) अनि सानो जिल्ला नि ? ए अनि क्षेत्रफल थाहा छ ?
‎‎२८) बैतडीमा निर्वाचन क्षेत्र कति छन ?
‎‎२९) अनि बागमती प्रदेशमा प्रदेश सभा संख्या कति ? थाहा छ ?
‎‎३०) ए अनि त्यसोभए प्रतिनिधि सभा संख्या कति छ ? यो प्रतिनिधि सभा र प्रदेश सभा सिटमा ठ्याक्कै अन्क गणितीय relation जस्तो रहन्छ ?
‎ #‎अर्को म्याम ?
‎‎३१) सन्चै हुबुहुन्छ है ? ५ वटा चर्चित राष्ट्रिय खेलाडीको नाम भन्नू त ?
‎‎३२) महिला खेलाडी कोहि छैन र चर्चित महिला खेलाडिको नेम भन्नू न ?
‎‎३३) सावित्री भण्डारी है ! उहालाई अर्को के नामले चिनिन्छ नि ?
‎‎३४) अनि अन्तराष्ट्रिय चर्चित पाँच खेलाडीको नाम भन्नू त ?
‎‎३५) नेपालमा कति वटा धर्म प्रचलनमा रहेका छन ?
‎‎३६) पुर्याउन सक्नुहुन्छ १० ओटा भन्नुस त ?
‎‎३७) यो सनातन धर्म भन्छन ! यसबारे के थाहा छ हजुरलाई ?
‎‎३८) तपाईको चाहाना के हो ?
‎ #‎फेरि सुरुकै सर बाट
‎३९) दिनेश सर तपाईलाई म केही दिवसहरु सोध्छु सरसर्ती आएको उत्तर भन्नुस ल ?
‎‎प्रजातन्त्र दिवस ?
‎‎लोकतन्त्र दिवस ?
‎‎गणतन्त्र दिवस ?
‎‎संविधान दिवस ?
‎‎रास्टृय एकता दिवस ?
‎‎विश्व मधुमेह दिवस ?
‎‎कृस्मस day ?
‎‎अनि हजुरले बिहे गर्ने भयो ? है प्रेममा त हुनुहुन्छ होला नि ?
‎‎यो प्रेम दिवस कहिले मनाउछन ? हास्दै valentines day भन्छन नि ?
‎‎४०)हजुरलाई अन्तरबार्ता कस्तो लाग्यो ?
‎‎है! हस तपाईलाई अग्रिम शुभकामना छ !! जानसक्नु हुन्छ !!
मेरो तर्फबाट अग्रिम शुभकामना मितज्यु ❤️

29/03/2026

हात नहाल भन्दा भन्दै दुई महिलाबीच कपाल तानातान😂

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when All Bank and Loksewa Preparation- सम्पूर्ण बैंक तथा लोकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share