Sobita vision

Call

Sobita vision Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sobita vision, Kathmandu.

19/09/2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा माननीय मन्त्री सोविता गौतमज्यूले संविधान दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश।

मन्त्रिपरिषद् बैठक २०८३-०६-०२
18/09/2026

मन्त्रिपरिषद् बैठक २०८३-०६-०२

🌸
17/09/2026

🌸

आविष्कार र सिर्जनालाई संरक्षण नगरी नवप्रवर्तन र औद्योगिक विकास सम्भव हुँदैन। यही सोचसहित औद्योगिक सम्पत्ति सम्बन्धी कानू...
17/09/2026

आविष्कार र सिर्जनालाई संरक्षण नगरी नवप्रवर्तन र औद्योगिक विकास सम्भव हुँदैन। यही सोचसहित औद्योगिक सम्पत्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छिट्टै संसदमा दर्ता गर्ने तयारीमा छौँ।

प्रस्तावित कानूनले पेटेन्ट, उपयोगी नमुना (Utility Model), औद्योगिक डिजाइन, Integrated Circuit Layout Design, Trade Secret, Trademark, Well-known Mark, Geographical Indication जस्ता नयाँ अवधारणा र परम्परागत ज्ञान लगायत औद्योगिक सम्पत्तिलाई कानूनी संरक्षणको दायरामा ल्याउँनेछ।

नवीन आविष्कारको पेटेन्टदेखि पुस्तौँदेखि समुदायमा हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान, सीप, जडीबुटी, कृषि तथा प्रविधिसम्बन्धी ज्ञानसम्मलाई संरक्षण गर्ने आधार यसले तयार गर्छ।

यो विधेयक नेपाली आविष्कारक, उद्यमी र सिर्जनाकर्ताको अधिकार सुरक्षित गर्ने, नवप्रवर्तनमा लगानी प्रोत्साहित गर्ने, नेपाली उत्पादन र मौलिक ज्ञानको आर्थिक मूल्य बढाउने तथा उद्योग र प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्ने दिशामा रहेको महत्त्वपूर्ण कानूनी सुधार हो।

विगतमा सरकारसँग कानूनको मस्यौदा तर्जुमा गर्ने पर्याप्त आफ्नै संस्थागत क्षमता नहुँदा विधेयकको मस्यौदासमेत बाह्य परामर्शदा...
16/09/2026

विगतमा सरकारसँग कानूनको मस्यौदा तर्जुमा गर्ने पर्याप्त आफ्नै संस्थागत क्षमता नहुँदा विधेयकको मस्यौदासमेत बाह्य परामर्शदातालाई दिने गरिएको थाहा पाएँ। २०७९ को निर्वाचनपछिको संसद्मा हामीले यस विषयमा प्रश्नसमेत उठाएका थियौँ। सरकारको नीति, प्राथमिकता र कानूनी दृष्टिकोण बोकेको संवेदनशील दस्तावेजको मूल मस्यौदा बाह्य संस्थाबाट तयार गराउनु कति उचित हो? विषयविज्ञको राय आवश्यक हुन्छ, तर विधेयक तर्जुमा गर्ने मूल क्षमता राज्यभित्रै हुनुपर्छ र त्यसको स्वामित्व तथा उत्तरदायित्व सरकारले लिनुपर्छ।

यही सोचका साथ मैले संसद्मा प्रस्तुत नेपाल कानून आयोगसम्बन्धी विधेयकले आयोगलाई विधायिकी मस्यौदा तर्जुमाको उत्कृष्टता केन्द्र (Centre of Excellence for Legislative Drafting) का रूपमा विकास गर्ने लक्ष्य राखेको छ। आवश्यक अध्ययन, अनुसन्धान, कानूनी विश्लेषण र व्यावसायिक मस्यौदा आयोगबाटै हुन सकोस् र बाह्य परामर्शदातामाथिको निर्भरता घटोस् भन्ने असल नियत हो। आयोगले प्रारम्भिक मस्यौदा तयार गर्छ, सम्बन्धित मन्त्रालयले नीतिगत स्वामित्व लिन्छ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र विधेयक संसद्मा पुग्छ।

कानून मन्त्रीलाई नै कानून आयोगको अध्यक्ष बनाइएको विषयमा पनि धेरै प्रश्नहरू उठे। छुट्टै अध्यक्ष नियुक्त गर्नुपर्छ भन्ने तर्कहरू पनी आए। विद्यमान कानूनमा छुट्टै अध्यक्षको व्यवस्था छँदैछ तर खैत आयोग शसक्त भएको? नेपाल कानून आयोग निर्वाचन आयोग वा राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक आयोग होइन। यो सरकारको कानून तर्जुमा र सुधारसम्बन्धी क्षमता सुदृढ गर्ने निकाय हो। मन्त्रीको अध्यक्षता सरकारको स्वामित्व, समन्वय र उत्तरदायित्व सुनिश्चित गर्न हो। प्रस्तावित व्यवस्थामा कानूनमन्त्रीले नेपाल कानून आयोगको अध्यक्षता गरेबापत छुट्टै पारिश्रमिक वा तलब लिने व्यवस्था छैन।

कार्यकारी जिम्मेवारी उपाध्यक्षले निर्वाह गर्नेछन्। उद्देश्य एउटै छ, नेपालको आफ्नै स्थायी, व्यावसायिक र सक्षम विधायिकी मस्यौदा गर्ने संस्था निर्माण गर्नु ।

Address

Kathmandu

Telephone

+9779863481931

Website

Alerts

Be the first to know and let us send you an email when Sobita vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share