12/11/2025
त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ ।
अहिले स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलका लागि निर्माण कार्य सम्पन्न भइसक्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
https://gorkhapatraonline.com/news/178364