20/04/2021
साविक पुवामझुवा गा.वि.स.वडा नं.८ हाल इलाम न.पा.३, चैते निवासी डिकबहादुर सुनुवारको जेठा छोरा दिपक सुनुवारको गत चैत्र २२ गते घाँस काट्ने क्रममा अन्दाजी १०–१२ फिटको रुखबाट लडेर मेरुदण्ड भाँचिएर त्यससँगै रहेको मुख्य नसा पनि चुडिएको छ । हाल उनको कम्मरदेखी तलतिरको भाग नचल्ने अवस्थामा छ भने उनमा दिसापिसावको चेतनासमेत नभएको उनका आफन्तजनबाट बुझिएको छ । झापा बिर्तामोडस्थित बि.एण्ड.सी. हस्पिटलमा मेरुदण्डमा स्टिल सर्जरीपछि नसासम्बन्धी थप उपचारका लागि काठमाडौंका बीर अस्पताल, ट्रमा सेन्टर र हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारमा आवश्यक परामर्शको लागि ल्याएइको छ । अझ अर्को मार्मिक पक्ष भनेको दिपक भाईको यही २०७८ साल बैशाख ७ गते बिवाह निश्चित भएता पनि उनको यो आकस्मिक अवस्था र घरको आर्थिक कठिनाईको कारणले गर्दा लगनको बेला पनि उपचारको निमित्त सहयोगको अपेक्षा राखेका छन् । कृपया देशबिदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली सहयोगी मनहरूले भाईको उपचारको निम्ति सक्दो सहयोग गरिदिनुहुन बिन्रम अनुरोध छ ।
सहयोगको लागिः
बिरामीको दिदी सजिना सुनुवार, सनराईज बैङ्क लिमिटेड, इलाम । खाता नं.०१२१००५०२२६०१६,
बिरामीको सम्पर्क नं.९८०८४५४६७९, ९८२५९१०४७५
अथावा
ईसेवा आईडी नं.ः ९८५१२०६४४८ (ईसेवामार्फत सहयोग गर्नुहुनेले रिमार्कसमा आफ्नो नाम, ठेगाना र सम्पर्क नं. राखिदिनु होला ।)
सम्पर्क नं. ९८४१८०६४४८, (प्रेम राई)
साविक पुवामझुवा गा.वि.स.वडा नं.८ हाल इलाम न.पा.३, चैते निवासी डिकबहादुर सुनुवारको जेठा छोरा दिपक सुनुवारको गत चैत्र ...