15/12/2020
Male
हिजो तिमिले मेरा बहिनिहरुको बक्षस्थल र पृष्ठ भाग हेरेर र्याल झार्दै गर्दा मैले पनि तिम्रा बहिनिहरुको उक्त भाग हेरेको थिए।तर तिमिले ती भागहरु मुसार्नका लागि गरेको प्रयास मैले तिम्रा बहिनीसङ्ग आट्न सकिन।हुन त तिमी नि पुरुष म नि पुरुष तर म मा केही मानवता अझै बाकी रहेछ।उनिहरुलाई एक्लै पाउँदा मैले लडाउने आट त के सोचसम्म नि गर्न सकिन ।सायद म मा केही मानवता अझै बाकी रहेर होला।
हिजो बसमा उभिरहेकी दिदिलाई,बसिरहेको मैले मेरो मानवता दर्साउन म उठेर उहालाई बस्न अनुरोध गरे। तर तिमिले उहालाई त्यही गाडीमा नै बलात्कार गरेर मैले दर्साएको मेरो मनवता माथी नै आच आउने कार्य गरेछौ।
मेरि बहिनी निर्मलाको बलात्कार गरि तिमिले हत्या गर्यौ।मेरा बहिनिहरु बिनिता,रमिता,अस्मिता,सीता,गीता.........आदिलाई पनि तिमिले चोखो छोडेनौ।
तिम्रा यिनै हर्कतले गर्दा आज मेरो पुरुषत्वमाथी आवाज उठ्न थालेको छ,औंला ठडिन थालेको छ।
आज म बाटोमा हिड्दै गर्दा हिजो नभुकी मसङ्गै हिडेको कुकुर आज मलाई झम्टिने प्रयास गर्छ।उस्को घरमा कोहि म जस्तै पुरुष आएर उस्कि मालिक्निलाई बलात्कार गरेर लावारिस अवस्थामा छाडेकाले होला।
हिजो सामाजिकको गृहकार्य गर्न ,`दादा,बलात्कार भनेको के हो?´भन्दै सोध्न आउने मेरि बहिनी आज मेरो छेउ आउन डराउछे।उसले कतै समाचार सुनिछे कि `दाजुद्वारा आफ्नै बहिनी बलात्कृत´।
ऊ आफ्नो बुबालाई पुर्ण बिश्वास गर्न सक्दिन सायद हिजो पत्रीकामा `बुबाद्वारा बलात्कृत छोरी´ शीर्षकमा आएको खबर पढेकाले।
बलात्कारमा परेकी बहिनिको लागि न्याय माग्न चौकी जाने दिदी,छोरिको लागि न्याय माग्न जाने आमाको पुलिसद्वारा नै बलात्कार भएको खबर आउने गरेको छ। न्यायलय जादा न्यायवक्ताले नै बलात्कारको प्रयास गरेको छ।
हो,तिम्रा यिनै पुरुषार्थ कार्यले गर्दा आज बाकी निर्दोष पुरुषमाथी प्रश्न उठ्न थालेको छ।कयौं निर्दोष पुरुषहरु शंकाको नजरमा कैद भैसकेका छ्न।
म काहीं "STOP R**E,SHOW HUMANITY"को बारेमा बोल्दै गर्दा तिमी तिम्रो साथिलाई कोहि नभएको खाली घरमा लगेर उसको अस्मिता लुट्छौ अनि त्यही बेला भिडबाट मेरा बारेमा अनावश्यक कुराहरू बोलिन्छ।सायद पुरुष हुनुको फल होला।
भनिएको छ,महिलाको छोटो लुगाले हैन पुरुषहरूको छोटो सोचाइले बलात्कार भएको हो।पक्कै पनि कुनै महिलाले लागएको छोटो लुगामा `आऊ मलाई बलात्कार गर´लेखिएको हुँदैन।उनको त्यो देखिएको नाभिले`आऊ मलाई चिथोर´कहेको हुदैन।तिमिले उसको त्यो छोटो लुगा र देखिएको नाभिमा गिद्धे नजर नलगाइदिने हो भने प्रत्येक नारी सुरक्षित रहन्छिन र कोहि पुरुषको उपनाम ´बलात्कारी´ रहने छैन।
मलाई तिमीसङ्ग प्रश्न गर्न मन छ,
पाषाण युगको समाज आज यो युगमा आई सभ्य भैसक्दा,तिमी सभ्य भैसक्दा पनि किन तिम्रो सोचाइलाई सभ्य बनाउन सकेनौ?
किन तिमिले कहि कतै जोगाएर राखेको मानवताको ख्याल गरेनौ?
किन तिमिले आफ्नो पुरुषत्वको सदुपयोग गरेनौ?
किन तिमी पशुभन्दा निच काम गरेर आफुलाई मानिस कहन्छौ?
के तिमिलाई कुनै सजाय नदिने यो कानुनको मात लागेको हो?
मैले भर्खरै खबर सुने,बलात्कार गर्न आएको एक नरपशुलाई खुकुरी प्रहार गरि एक महिलाले हत्या गरिन।सायद अब यो समाज वा भनौं कानुनले हत्याराको नाम दिएर उहालाई सजाय सुनाउला तर त्यहाँ देखिएको देविको रूप अत्यन्त गुणगान गाउन लायक छ,निकै नै प्रेरणा मुलक छ।
हे मानवताहिन पुरुष,कति धर्मग्रन्थमा रहेका पुरुषहरूको महिमा राख्न र निर्दोषलाई शंकाको नजरमा नपारी उनिहरुको पुरुष जातलाई सुरक्षित राख्नका लागि तिमी पनि तिम्रो पुरुषत्वको सहि उपयोग गरिदेउ अनि नारिको जीवन रक्षालाई आफ्नो मार्ग बनाउ।
अनि हे सरकार बलात्कारीलाई फाँसीको सजाय हुने कानुन बनाइदेउ।
ती आशा राखी परिवारको जिम्मेवारी थाम्न हुर्काइदै गरेका कोपिलाहरु चुँडिदा परिवारलाई निकै नै असहय हुने गर्छ।।
STOP
R**E!!!