08/05/2026
के तपाईँको जीवनमा परमेश्वर महत्त्वपूर्ण हुनुहुन्छ?
परमेश्वरका वचनहरूले हामीलाई ठूलो आस्था र शक्ति प्रदान गर्न सक्छन्। उहाँले हामीलाई अझ स्पष्ट रूपमा बुझ्न र हरेक कठिनाइ पार गर्नका लागि अगुवाइ गर्न मद्दत गर्नुहुन्छ।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कुनै व्यक्ति परमेश्वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्न सक्दैन, जब उसले परमेश्वरको सार्वभौमिकतालाई साँचो रूपमा र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय पीडादायी हुन्छ। व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका बाँच्ने माध्यमहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अन्तहीन मनोव्यथा र पार गर्न कठिन पीडाबाहेक केही दिँदैनन्, जसलाई उसले फर्केर हेर्नै सक्दैनन्। कुनै व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवन प्राप्तिलाई पछ्याएर मात्रै, ऊ क्रमिक रूपमा हृदयको सबै चोट र पीडाबाट स्वतन्त्र हुन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै रिक्तताबाट मुक्त गर्न सक्छ।”
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३