한국어 EPS NEPAL

한국어 EPS NEPAL Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 한국어 EPS NEPAL, Kathmandu.

(🇳🇵🇰🇷)सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK 2025, UBT) संचालन सम्बन्धी E...
10/11/2025

(🇳🇵🇰🇷)
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK 2025, UBT) संचालन सम्बन्धी EPS शाखा ग्वार्कोको अत्यन्त जरुरी सुचना !!

मिति २०८२/०८/०१ गते तद्‌नुसार १७ नोभेम्बर, २०२५ देखि सञ्चालन हुने Manufacturing क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS TOPIK-2025) का लागि तपसिलमा उल्लेखित परीक्षार्थीहरुका लागि तपसिल बमोजिमको रोल नम्बर कायम भएको छ । यस सूचनामा उल्लेखित रोल नम्बर आधार मानी परीक्षार्थीहरुले निर्धारित मिति र समयमा Biometric verification को लागि दुई (२) घण्टा अगावै परीक्षा केन्द्र (UBT भवन, भैसेपाटी) मा उपस्थित हुनु पर्नेछ । निर्धारित मिति, सिफ्ट र समयमा आवश्यक कागजात (सक्कल राहदानी र रंगीन प्रवेश पत्र) सहित उपस्थित हुन नसकेमा निजलाई कुनैपनि अवस्थामा परीक्षामा सहभागी गराईने छैन । परीक्षामा सहभागी हुन चाहिने आवश्यक कागजात तथा जानकारी देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:-
👉 परीक्षा सञ्चालन मितिः २०८२/०८/०१ गते (१७ नोभेम्बर, २०२५) सोमवार देखि

👉 परीक्षा सञ्चालन मिति भन्दा एक दिन अगावै आफ्नो सिफ्ट अनुसार ई.पि.एस. कोरिया शाखा, ग्वार्को, ललितपुरमा बायोमेट्रिक (Finger print) दर्ता (Registration) को लागि उपस्थित हुनुपर्नेछ र परीक्षाको दिन बायोमेट्रिक (Finger print) UBT-Building भैसेपाटीमा रुजु (Verify) हुनेछ ।

👉 परीक्षा सञ्चालन हुने स्थानः राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको UBT-Hall ललितपुर ।

👉 Mobile phone, PDA, Electronic Dictionary, Smart Watch, लगायतका अन्य विधुतीय सञ्चारका साधनहरु र झोला परीक्षा हल भित्र पूर्णतः निषेध गरिएको छ ।

👉 परीक्षामा चिट, कपी र होहल्ला गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्ष सम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ ।

👉 तोकिएको परीक्षा समय भन्दा एक (१) घण्टा अगावै Orientation हुनेछ । Orientation मा बायोमेट्रिक (Finger print) भेरिफिकेशन गरी उपस्थित हुनु पर्नेछ ।

👉 Agriculture & Livestocks क्षेत्रको परीक्षाको सूचना Manufacturing को परीक्षा समाप्त भए पश्चात प्रकाशित गरिनेछ ।

👉आफ्नो परिक्षा मिती र समय हेर्नको लागि कमेन्ट बक्समा रहेको लिंकमा क्लिक गर्नुहोस् 🙏
#한국어

E-7 भिसामा दक्षिण कोरिया श्रमिक पठाउने प्रक्रिया अहिलेका लागी पूर्ण रुपमा बन्द भएको छ । त्यसैले कसैको लोभ लालच वा झुटा क...
16/09/2025

E-7 भिसामा दक्षिण कोरिया श्रमिक पठाउने प्रक्रिया अहिलेका लागी पूर्ण रुपमा बन्द भएको छ ।
त्यसैले कसैको लोभ लालच वा झुटा कुरामा फसेर पैसा बुझाउने काम नगर्नुहोला🙏




14/09/2025
२०२४ का लागि तेश्रो चरणको कामदार छनौट प्रक्रिया (Issue ) का लागि कोटा सहित विस्तृत विवरण निम्नानुसार रहेको छ‼️
24/07/2024

२०२४ का लागि तेश्रो चरणको कामदार छनौट प्रक्रिया (Issue ) का लागि कोटा सहित विस्तृत विवरण निम्नानुसार रहेको छ‼️

साबधान ‼️ साबधान ‼️ साबधान ‼️कोरियामा कही कतै यस्ता चिजहरु देख्नुभयो भने नजिक जाने वा छुने नगर्नुहोला। हिजोदेखी तपाइँ हा...
29/05/2024

साबधान ‼️ साबधान ‼️ साबधान ‼️

कोरियामा कही कतै यस्ता चिजहरु देख्नुभयो भने नजिक जाने वा छुने नगर्नुहोला। हिजोदेखी तपाइँ हाम्रो मोबाइलमा आइरहेको अलर्ट यसैको कारण हो । जुन उत्तर कोरियाले बेलुनको सहायताले दक्षिण कोरियामा पठाइरहेको छ।

पहिले नै कुनै क्षेत्रको रोष्टरमा नाम समावेश भएका ब्यक्तिहरुले अर्को क्षेत्रको रोष्टरमा सूचीकृतका लागि रोजगार आवेदन फाराम...
12/05/2024

पहिले नै कुनै क्षेत्रको रोष्टरमा नाम समावेश भएका ब्यक्तिहरुले अर्को क्षेत्रको रोष्टरमा सूचीकृतका लागि रोजगार आवेदन फाराम Send नहुने समवन्धी EPS कार्यालयको सूचना ‼️

Service Sector मा रोष्टर परिवर्तन भएका आवेदकहरूको नामावली सम्वन्धि EPS ग्वार्कोको सूचना‼️नोटः-691 जनाको मात्र Service Se...
10/05/2024

Service Sector मा रोष्टर परिवर्तन भएका आवेदकहरूको नामावली सम्वन्धि EPS ग्वार्कोको सूचना‼️

नोटः-691 जनाको मात्र Service Sector मा रोष्टर परिवर्तन भएको छ।
👉 नामावलिको लिंक तल कमेन्ट वक्समा रहेको छ।

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण (Medical Checkup) र ...
10/05/2024

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण (Medical Checkup) र रोजगार आवेदन फाराम (Job Application Form) दर्ता गर्ने सम्बन्धी ईपिएस कार्यालय ग्वार्कोको सूचना‼️

नोटः-Medical Checkup र Hospital को लागि Comment Box मा गई आफ्नो नामावली चेक गर्नूहोला।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 한국어 EPS NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 한국어 EPS NEPAL:

Share