डट कम नेपाल .Com Nepal

डट कम नेपाल .Com Nepal सम्पुर्ण मा नमस्कार हाम्रो पेजमा विभिन्न प्रकार का सामग्री प्रस्तुत गर्छौ हेरेर सल्लाह सुझाव दिनुहोला साथै हाम्रो पेजलाई फलो र लाईक गरिदिनु होला धन्यवाद ।।

रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु संकटको असमान प्रभावका रूपमा बुझ्न...
09/09/2026

रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु संकटको असमान प्रभावका रूपमा बुझ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै लामिछानेले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। साथै, बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीर र प्रभावकारी रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

#रवि_लामिछाने #रास्वपा #भोटेकोशी_बाढी #जलवायु_न्याय #जलवायु_संकट #बाढीपीडित #राहत #पुनर्स्थापना #नेपाल

बाढीपीडितका लागि कांग्रेसको १ करोड सहयोगनेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करो...
07/09/2026

बाढीपीडितका लागि कांग्रेसको १ करोड सहयोग

नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

आज कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कांग्रेसले बाढीपीडितको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

#नेपालीकांग्रेस #बाढीपीडित #भोटेकोशी #रसुवा #प्रधानमन्त्रीराहतकोष #प्रदीपपौडेल #स्वर्णिमवाग्ले #राहत

त्रिशूली–३ ए सुरुङबाट उद्धार भएका सञ्जय शाहको भनाइ: ‘सबैलाई भाग्न भन्दा भन्दै म आफैं अड्किएँ’त्रिशूली–३ ए आयोजनाको सुरुङ...
04/09/2026

त्रिशूली–३ ए सुरुङबाट उद्धार भएका सञ्जय शाहको भनाइ: ‘सबैलाई भाग्न भन्दा भन्दै म आफैं अड्किएँ’
त्रिशूली–३ ए आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले दुर्घटनापछि आफूले अरूको ज्यान बचाउन प्राथमिकता दिएको बताएका छन्।
सैनिक अधिकारीसँग कुरा गर्दै शाहले भने, “कन्ट्रोल रुममा भएपछि मेरो जिम्मेवारी नै सबैको ज्यान बचाउनु थियो। यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो।”
उनले आफूले सबैलाई बाहिर निस्कन आग्रह गर्दै गर्दा आफैं सुरुङभित्र अड्किएको बताएका छन्।
#त्रिशूली३ए #सञ्जयशाह #उद्धार #सुरुङदुर्घटना

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग ग...
01/09/2026

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेकपा (एमाले) ले १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 🤝

बाढीपीडित नागरिकको दुःखमा साथ र सहयोगका लागि गरिएको यो पहलले प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

#नेकपाएमाले #भोटेकोशीबाढी #बाढीपीडित #राहतसहयोग #नेपाल #प्राकृतिकविपत्ति

🇨🇳🤝🇳🇵 ५० टन आपतकालीन राहत सामग्री र उद्धार टोलीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौं आइपुगेका छन्। विपद्को कठिन घडी...
30/08/2026

🇨🇳🤝🇳🇵 ५० टन आपतकालीन राहत सामग्री र उद्धार टोलीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौं आइपुगेका छन्। विपद्को कठिन घडीमा नेपाललाई सहयोग गर्न चीनबाट राहत सामग्री तथा विशेषज्ञ उद्धार टोली पठाइएको हो। 🇳🇵🙏

#नेपाल #चीन #आपतकालीनराहत #उद्धारकार्य #काठमाडौं

देशभरिका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया हामीले अघि बढाइसकेका थियौँ। देशभरिका सुकुम्बासीको नापजाँच सम्पन्न...
25/08/2026

देशभरिका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया हामीले अघि बढाइसकेका थियौँ। देशभरिका सुकुम्बासीको नापजाँच सम्पन्न भइसकेको थियो भने निस्सा र धनीपुर्जासमेत तयार भइसकेका थिए। लालपुर्जा वितरण गर्न अब १–२ महिना मात्र बाँकी थियो। तर अहिलेको सरकारले प्रिन्ट गरेर मात्र दिएको हो। — कांग्रेस नेता सुनिल शर्मा

#सुनिलशर्मा #सुकुम्बासी #लालपुर्जा #नेपालीकांग्रेस #राजनीति #नेपालकोइतिहास

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा स्वदेश फिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ बज...
20/08/2026

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा स्वदेश फिर्तीका लागि चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले तयार पारेको कार्यविधि हाल अर्थ मन्त्रालयको स्वीकृतिको प्रतीक्षामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
#नेपालसरकार #परराष्ट्रमन्त्रालय #नेपाली #विदेशमा_अलपत्र #उद्धार #राहत #स्वदेशफिर्ती #१५करोड #बजेट #अर्थमन्त्रालय #नेपालसमाचार #समाचार

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा दुई द...
18/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा समसामयिक विषयमा छलफल भएको छ।

#बालेन्द्रशाह #धीरजसेठ #नेपाल #भारत #शिष्टाचारभेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्तानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मुस्लिम समुदायका अगुवाबीच गुण्डुस्थित ओल...
18/08/2026

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मुस्लिम समुदायका अगुवाबीच गुण्डुस्थित ओली निवासमा महत्वपूर्ण छलफल भएको छ। भेटवार्तामा समसामयिक राजनीतिक विषय तथा मुस्लिम समुदायका विभिन्न सवालबारे छलफल भएको बताइएको छ।

#केपीशर्माओली #नेकपा_एमाले #मुस्लिमसमुदाय #राजनीति #नेपालीगीत

🇮🇳🇳🇵 भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ जङ्गी अड्डामा सम्मान गारद ग्रहण तथा निरीक्षण गर्नुहुँदै।नेपाल–भारतबीचको मैत्री...
17/08/2026

🇮🇳🇳🇵 भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ जङ्गी अड्डामा सम्मान गारद ग्रहण तथा निरीक्षण गर्नुहुँदै।
नेपाल–भारतबीचको मैत्रीपूर्ण सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विश्वास। 🤝🇳🇵🇮🇳

Address

Kathmandu
80-001

Website

Alerts

Be the first to know and let us send you an email when डट कम नेपाल .Com Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डट कम नेपाल .Com Nepal:

Shortcuts

Share