23/12/2020
लालीगुराँश बारे केही जानकारी
लाली गुराँस
लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।
लाली गुराँस
Rhododendron arboreum
लाली गुराँस फूल
वैज्ञानिक वर्गीकरण
जगत:
वनस्पति
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Ericales
कुल:
Ericaceae
वंश:
Rhododendron
उपवंश:
Vireya
प्रजाति:
आर. एर्बोरियम १
प्रजतिहरू
विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात चिमाली ३ हजार मीटर भन्दा माथिको उचाइमा पाइन्छ।
उपयोग
यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औषधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।
#एतिहासिक
#एतिहासिक_तस्बिर
#एतिहासिक_तस्बिर_संकलन_नेपाल