Pratik Adhikari - अनुराग

Pratik Adhikari - अनुराग नमस्ते साथी मेरो पेज मा पनी एक लाइक गर? Miss u alot

02/01/2026

पुर्खाले खुन र पसिनाले लेखेको इतिहास
हामिले अब कलमले हैन मार्करले लेख्नुपर्छ
जमाना अनुसार चलौ 🙏🙏

30/08/2025

゚viralシ

"फुल होईन ढुङ्गा जस्तो बनाउनु छ जिन्दगी, यहाँ फुललाई चुडेर ढुङ्गालाई पुज्ने गरीन्छ ।" #बुझ्यौ_नि
22/02/2025

"फुल होईन ढुङ्गा जस्तो बनाउनु छ जिन्दगी, यहाँ फुललाई चुडेर ढुङ्गालाई पुज्ने गरीन्छ ।"
#बुझ्यौ_नि

हजुरबुवा पहाड हुनुहुन्थ्यो बुवा मधेसको गाउँ झर्नुभयो हामी छोराछोरी सहर पस्यौं हाम्रा छोराछोरीहरू दुबई,कतार,मलेसिया हिँडे...
22/03/2024

हजुरबुवा पहाड हुनुहुन्थ्यो
बुवा मधेसको गाउँ झर्नुभयो
हामी छोराछोरी सहर पस्यौं
हाम्रा छोराछोरीहरू दुबई,कतार,मलेसिया हिँडे
नातिनातिना अमेरिका,अष्ट्रेलिया, जापान हिँडे
त्यसपछिका कहाँ जालान् ?

हजुरबुवा ढिँंडो र आटोमै बस्नुभो
बुवा भातको खोजीमा झर्नुभो
हामी फ्राइ राइसमा दौडियौं
हाम्रा छोराछोरी चाउमिन र मममै अघाए
नातिनातिना पिजा,बर्गर खान थाले
त्यसपछिकाले के खालान् ?

हजुरबुवाले सल्लाका दाउरामा पकाउनुभो
बुवाले सालका दाउरामा पकाउनुभो
हामीले स्टोभचुल्हो बालेर पकायौं
छोराछोरीले ग्यासचुल्हो बालेर पकाए
नातिनातिनाले बिजुलीचुल्होमै पकाए
त्यसपछिकाले केमा पकाउलान् ?

हजुरबुवा हिँडेरै खबर पुर्याउनुहुन्थ्यो
बुवाले हुलाकबाट चिठी पठाउनुहुन्थ्यो
हामीले टेलिफोनबाट खबर पुर्‍याउँथ्यौं
छोराछोरीले मोबाइलमा हेर्दै कुरा गर्थे
नातिनातिनाले आइफोनबाटै भिडियो कल गर्न थाले
त्यसपछिकाले के गर्लान् ?

हजुरबुवा गोरेटो र घोडेटोमा हिँड्नुभो
बुवा मालबाहक ट्रकमा हिँड्नुभो
हामी साइकल र बसमा हिँड्यौं
छोराछोरी मोटरसाइकल र एसी डिलक्स बसमा हिँडे
नातिनातिना कार र हवाईजहाजमा हिँड्न थाले
त्यसपछिका केमा हिँड्लान् ?

हजुरबुवा वेद र पुराण पढ्नुहुन्थ्यो
बुवा संस्कृत र रामायणका श्लोक घोक्नुहुन्थ्यो
हामी स्वस्थानी र कविता पढ्थ्यौं
छोराछोरी प्रेमकहानी र अङ्ग्रेजी पढ्थे
नातिनातिना एसएमएस र रोमन पढ्छन्
त्यसपछिकाले के पढ्लान् ?

हजुरबुवाको घर ढुङ्गाको छानाले चिनिन्थ्यो
बुवाको घर खर, झिँगटीले चिनिन्थ्यो
हाम्रो घर टिन र सामान्य ढलानले चिनिन्थ्यो
छोराछोरीको घर तले र रङले चिनिने भो
नातिनातिनाको घर ट्रस,मार्बल र वालपेपरले चिनिने भो
त्यसपछिकाको घर केले चिनिएला ?

*हरेक पिताको भाग्यमा छोरी हुदिनन  जब राजा दशरथ आफ्नो चार जना छोराको जन्ती लिएर राजा जनकको द्वार मा पुग्दा राजा जनकले सम्...
19/01/2024

*हरेक पिताको भाग्यमा छोरी हुदिनन जब राजा दशरथ आफ्नो चार जना छोराको जन्ती लिएर राजा जनकको द्वार मा पुग्दा राजा जनकले सम्मानपूर्वक जन्तीको स्वागत गरे। त्यहीबेला दशरथ जी ले अगाडी बढेर जनक जी को चरण छोए।आश्चर्य मान्दै जनक जी ले दशरथ जी लाइ अंगालो हाले र भने महाराज हजुर म भन्दा ठुलो हुनुहुन्छ र फेरी वरपक्ष वाला हुनुहुन्छ यो उल्टो गंगा कसरी बहाउनु हुन्छ ? यही कुरामा दशरथ जी ले धेरै मिठो कुरा गरे, महाराज हजुर दाता हुनुहुन्छ कन्यादान गर्दै हुनुहुन्छ,म त याचक हूँ हजुरको दैलोमा कन्या लिन आएको छु ,अब हजुरले नै बताउनु होस् दाता र याचक मा कुन ठुलो हुन्छ ,? यो सुनेर जनक जी को आखामा अश्रुधारा बह्यो ।। भाग्यशाली हुन्छन तिनीहरु जसको घर मा हुन्छन छोरीहरु, हरेक छोरीको भाग्यमा पिता हुन्छन तर हरेक पिताको भाग्य मा छोरी हुदिनन ।। हामी आफ्नो छोरीलाई छोरा भनेर बोलाउन सक्छौं। तर छोरालाई छोरी भन्न सक्दैनौं।
!!! जय सियाराम !!!

18/11/2023

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो
उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"

बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।

यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आमार दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।

अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्

J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्

Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस

T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्

W X Y Z...
We Xpect You to Zoom ahead in life
हामी तपाइँलाई जिबनमा अघि बढेको हेर्न चाहन्छौं

यदि तपाईंले चन्द्रमा देख्नुभयो भने, तपाईंले भगवानको सुन्दरता देखुभयो...
यदि तपाईंले घामलाई देख्नुभयो भने, तपाईंले भगवानको शक्ति देख्नुभयो...

र यदि तपाईंले ऎनामा हेर्नुहुन्छ भने तपाईंले भगवानको सबैभन्दा सुन्दर रचना देख्नुहुन्छ।
त्यसैले आफैमा बिश्वास राख्नुहोस् ।

हाम्रो जिबनको उदेश्य हुनुपर्छ..
९ ८ ७ ६ ५ ४ ३ २ १ ०
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुपर्छ
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ प्रेम
० चिन्ता,,,

स्रोत : सामाजिक संजाल

03/11/2023
03/11/2023

✍️✍️आशा, विश्वास र प्रेम हुनेहरुले पढ्दै पर्ने ६ कहानी

१. लामो खडेरीपछि एउटा गाँउको मान्छेहरु बर्षा
गराउनको लागी भगवानसँग प्राथना गर्नको लागी
भेला भए ।तर एक जना गाउले भने आफ्नो साथमा
छाता पनि लिएर आएका थिए ।
यसलाई भनिन्छ : आस्था

२. जब तपाईले १,२ बर्षको बच्चालाई दुई हातले
उचालेर माथी उफार्नु हुन्छ ,तब त्यो बच्चा हास्न
थाल्दछ । किनकी उसलाई थाहा हुन्छ कि तपाईले
समाउनु हुन्छ भनेर।
यसलाई भनिन्छ : विश्वास

३. हरेक रात जब हामी सुत्न जान्छौ ,तब यस कुराको
कुनै ग्यारेन्टी हुदैन कि भोलि बिहान हामी
जिवित भएर उठ्छौ कि उठ्दैनौँ ।तर पनि हामी
घडिमा alaram लगाएर सुत्छौ ।
यसलाई भनिन्छ : आशा

४. भोलि के हुन्छ ,यस्तै हुन्छ ,भनेर भविष्य वाणी गर्न
सकिँदैन । यसको अर्थ हामिलाई भविष्य को
बारेमा कुनै जानकारि हुदैन ।तर पनि हामि
भोलिको बारेमा, आउने दिनहरुको ठुल्ठुला सपना र
योजना बुन्ने गर्छौ यस्तो ,उस्तो गर्छु भनेर ।
यसलाई भनिन्छ : आत्मविश्वास

५. हामिले भोग्दै आईरहेको कुरा हो कि ,यो सन्सार
समस्या नै समस्या ,दुख कष्टले गुज्रिरहेको छ । तर
पनि तमाम समस्या को बाबजुद हामी बिहे गर्छौ ।
यसलाई भनिन्छ : प्रेम

६. ६० बर्ष पुगेको ब्यक्तिको सर्टमा एक शानदार
वाक्य लेखिएको थियो । "मेरो उमेर ६० बर्ष होइन ,म
त केवल भर्खर १६ बर्षे जवान किशोर हु ,४४ बर्ष
अनुभवको साथ ।"
यसलाई भनिन्छ : दृष्टिकोण

जिन्दगी सुन्दर छ ,त्यो सुन्दरताको रसपान गरि
भरपुरले बाचौ ।

17/10/2023

पैसा सापटि दिए आफू नाङ्गो
सापटी नदिए साथिभाई इष्टमित्र बाङ्गो
#लगेर_आफ्नो_अप्ठ्यारो_टरेपछि_त_फिर्ता_दिन_पर्छ_नि_यार

Address

Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when Pratik Adhikari - अनुराग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pratik Adhikari - अनुराग:

Share