Sangita Bhujel

Sangita Bhujel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangita Bhujel, Ramechhap, Janakpur.

09/09/2025

इतिहासले देखाएको छ—जब जनता एकजुट भएर उठ्छन्, सत्ताले घुँडा टेक्नै पर्छ। बङ्गलादेश होस् वा श्रीलंका, युवाशक्ति र आम नागरिकको आक्रोश अगाडि कुनै पनि सत्ता लामो समय टिकी सकेन। यही परिघटना अहिले नेपालमा पुनः दोहोरिएको छ।

देशभर फैलिएको भ्रष्टाचार, बेरोजगारी, अन्याय र राजनीतिक नेतृत्वको चरम दुरुपयोगविरुद्ध जेनेरेशन–जेड (Gen Z) बाट सुरु भएको आन्दोलन जब स्कुले विद्यार्थीमाथि गोली चलाएर दमन गर्न खोजियो, त्यस क्षणबाट यो आन्दोलन केवल युवाको मात्र रहेन। यसले राष्ट्रिय स्वरूप लियो, जनताको साझा आन्दोलन बन्यो।

जेडबाट सुरु भएको आन्दोलन आज राष्ट्रिय विद्रोहमा रूपान्तरित भएको छ। भ्रष्टाचार, अन्याय र असमानताविरुद्ध उठेको यो आन्दोलनले अन्ततः प्रधानमन्त्री र गृहमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको छ। नेताहरू सडकमा लखेटिनु, सत्ताका गढहरू नाङ्गिनु—यो घटनाक्रम आफैँमा ऐतिहासिक छ।

दुई दिनभित्रै सरकार जनतासामु निरुत्तर भयो। प्रहरी–प्रशासनलाई समेत आत्मसमर्पणको अवस्थामा पुर्‍याइयो। तर यो सफलतासँगै ठूलो मूल्य चुकाउनु पर्‍यो—२१ भन्दा बढी युवाले आफ्नो ज्यान आहुति दिए। हजारौँ आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भए।

आन्दोलनकै क्रममा नेताहरूका कार्यालय र व्यक्तिगत सम्पत्ति जलाईयो। तर सिंहदरबार र संसद भवन जोगाउन सकिएन।सिंहदरबार केवल भवन होइन, नेपालको राजनीतिक इतिहास र जनताको करबाट बनेको साझा सम्पत्ति हो। त्यसलाई जलाउनु भनेको आफ्नै घर जलाउनु हो। त्यहाँ राष्ट्रका महत्त्वपूर्ण कागजात र दस्तावेजहरू सुरक्षित छन्, जसले हाम्रो भविष्यसँग सम्बन्ध राख्छ । हाम्रो आवाज र असन्तुष्टि जनाउने क्रममा पनि राष्ट्रको भौतिक सम्पत्ति र सार्वजनिक सम्पदामा क्षति भएको छ।

यस आन्दोलनले एउटा यथार्थ प्रमाणित गर्‍यो—सत्ता जनताभन्दा ठूलो हुँदैन। जनता आफैँले बनाएका नेताहरूलाई आफैँले नाङ्ग्याउन सक्छन्। यही चेतना अब नेपालको राजनीतिक भविष्य निर्माणको आधार बन्न सक्छ।

आज यो आन्दोलनमा सहिद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना प्रकट गर्नैपर्छ। साथै, आन्दोलनलाई समर्थन गर्ने सम्पूर्ण आम नागरिकलाई धन्यवाद दिनैपर्छ।

राजीनामा दिनु मात्र ठूलो कुरा होइन।
देशव्यापी संकटको मूल कारण बनेका यी नेताहरूले सम्पूर्ण घटनाको जिम्मेवारी लिनुपर्छ।
२१ भन्दा बढी नागरिकले ज्यान गुमाएको, हजारौँ घाइते भएको, जनतामाथि गोली प्रहार भएको—यसको जवाफ केबल पदत्यागले सकिँदैन।
राजनीतिक नैतिकता भनेको केवल कुर्सी छोड्नु होइन, जनतालाई पीडा दिएको परिणामस्वरूप कानुनी सजाय भोग्न तयार हुनु पनि हो।

नेपाल अब नयाँ बाटोमा प्रवेश गरिसकेको छ। यो बाटोमा पारदर्शिता, जवाफदेहिता र जिम्मेवार नेतृत्वको अपेक्षा गर्ने जनताको आँखा अझ तीक्ष्ण हुनेछ। आन्दोलनले दिएको सन्देश स्पष्ट छ—भ्रष्टाचार, दमन र गैरजिम्मेवार नेतृत्वलाई अब जनता कहिल्यै सहने छैनन्।
ेश

  🤗
24/08/2024

🤗

       #📷️:
08/11/2023



#📷️:

Address

Ramechhap
Janakpur

Telephone

9869025565

Website

Alerts

Be the first to know and let us send you an email when Sangita Bhujel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangita Bhujel:

Share