Inside Mithila

Inside Mithila The land of SiyaRam.❤️🕉️

29/08/2026

श्रीधाम मिथिला ,जनकपुरधाम।सावन झुलन महोत्सव जानकी मन्दिर। #झुलन #झुला #सावनकेझुला #झुलाझुलेसियाराम

30/07/2026

सुनसरीको कप्तानगञ्ज (देवानगञ्ज) मा भएको दुखद र हिंसात्मक घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो आधिकारिक फेसबुक स्टाटस र देशवासीको नाममा सम्बोधन जारी गर्दै गहिरो दुःख व्यक्त गर्नुका साथै शान्ति र सामाजिक सद्भाव कायम राख्न कडा अपिल गर्नुभएको छ।प्रधानमन्त्री बालेन शाहले जारी गर्नुभएको सन्देश :

जनकपुरधामको पहिचान जोगाऔँ, भद्दा निर्माण होइन, विश्वस्तरीय सम्पदा बनाऔँ। जनकपुरधाम मिथिला सभ्यताको केन्द्र, माता सीताको ...
16/07/2026

जनकपुरधामको पहिचान जोगाऔँ, भद्दा निर्माण होइन, विश्वस्तरीय सम्पदा बनाऔँ।

जनकपुरधाम मिथिला सभ्यताको केन्द्र, माता सीताको जन्मभूमि र सम्पूर्ण दक्षिण एशियाको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक धरोहर हो। तर आज पनि यसको विकास हेर्दा लाज लाग्ने अवस्था छ।

हरेक वर्ष सम्पदाको नाममा करोडौँ बजेट आउँछ। तर परिणाम के? ऐतिहासिक परिवेशसँग कुनै मेल नखाने, सरकारी कार्यालयजस्ता भद्दा भवनहरू। न दृष्टि छ, न सौन्दर्यबोध, न दीर्घकालीन योजना। यो विकास होइन, जनकपुरको पहिचानमाथिको अन्याय हो।

सौन्दर्यीकरणको नाममा जनकपुरका ऐतिहासिक पोखरीका घाटहरूमा बाथरुममा प्रयोग हुने टायल टाँस्ने प्रवृत्ति रहेको छ। यसले सौन्दर्य थप्दैन, बरु सम्पदाको मौलिकता र गरिमा बिगार्छ। ऐतिहासिक धार्मिक घाट कुनै आधुनिक बाथरुम वा व्यावसायिक भवन होइन। यस्ता स्थानको पुनर्निर्माण र संरक्षण गर्दा त्यसको इतिहास, धार्मिक महत्व र मौलिक स्थापत्यलाई सम्मान गरिनुपर्छ। यदि वास्तवमै सौन्दर्यीकरण गर्ने हो भने, उच्च गुणस्तरको प्राकृतिक ढुंगा वा सम्पदासँग मेल खाने सामग्री प्रयोग गरियोस्, ताकि जनकपुरको पहिचान बलियो बनोस्, कमजोर होइन।

मिथिलाको स्थापत्य कहिल्यै पनि Minimalist (न्यूनतमवादी) थिएन। हाम्रो इतिहास, मन्दिर, दरबार र कलाले स्पष्ट देखाउँछ; हामी Maximalist (वैभवशाली) सभ्यता हौँ। त्यसैले जनकपुरको विकास पनि त्यही पहिचानअनुसार हुनुपर्छ, न कि जहाँसुकै देखिने साधारण सरकारी डिजाइनमा।

जनकपुरधामको Aesthetic को केन्द्रबिन्दु नै सेतो संगमरमर (White Marble) हो। जानकी मन्दिरको भव्य सेतो स्थापत्यले जनकपुरको मौलिक दृश्य पहिचान निर्माण गरेको छ। त्यसैले जनकपुरका ऐतिहासिक क्षेत्र, घाट, सार्वजनिक संरचना र सौन्दर्यीकरणका कामहरू पनि यही मूल सौन्दर्य अवधारणासँग मेल खाने गरी विकास गरिनुपर्छ। रंग, सामग्री र डिजाइनमा एकरूपता भए मात्र शहरको आफ्नै पहिचान बन्छ। जनकपुरलाई जहाँसुकै देखिने साधारण शहर होइन, जानकी मन्दिरको स्थापत्यलाई पूरक हुने सेतो संगमरमरको सौन्दर्य र मिथिला वास्तुकलाको भावनासहित विकास गरिनुपर्छ।

तर दुर्भाग्य हेरौं जनकपुरको, यहाँ नेताहरु तथा सम्बन्धित निकायहरु सब भ्रष्टाचारमा लिप्त छन्। जनतालाई आफ्नो सहरसँग मतलब छैन, उल्टै फोहोर र दुर्गन्धित बनाएका छन्।

अझ संघ सरकार, मधेश प्रदेश सरकार र स्थानीय तहले Architectural Vision, Urban Planning र Aesthetic लाई बेवास्ता नै गर्ने?

जनकपुरधामलाई सस्तो र भद्दा निर्माणले होइन, विश्वस्तरीय योजना, उत्कृष्ट स्थापत्य र मौलिक मिथिला पहिचानले सजाउनुपर्छ।

जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City
Manoj Kumar Sah B***n Er. Sunil Lamsal
Janakpur Dham

हाम्रो सनातन संस्कृति साच्चै नै महान हो । प्रकृति अनुकुल हाम्रो चाडपर्व पनि मनाइन्छ ।बैशाख महिना देखि नयाँ वर्ष शुरुआत ,...
15/04/2026

हाम्रो सनातन संस्कृति साच्चै नै महान हो । प्रकृति अनुकुल हाम्रो चाडपर्व पनि मनाइन्छ ।बैशाख महिना देखि नयाँ वर्ष शुरुआत ,चिसो मौसमको अन्त,गर्मी मौसमको शुरुआतको सँगसँगै ठुलाबडा अग्रज ,आफ्न्त,आमाबुबा ,बाजेबज्यैद्वारा आफ्ना सन्तानलाई नव वर्षको दोस्रो दिनमा वर्ष भरिको लागि सु स्वस्थ्य ,दिर्घायुको साथै गर्मी मौसममा शिथिलताको आशीर्वादको रुपमा मिथिला क्षेत्रमा आज जुडशितल पर्व मनाइदै❤️🙏

27/02/2026

मिथिला के परम्पारिक होरी।

26/02/2026

मैथिली होरी कार्यक्रम।🖤

यो १० वर्षको नानीले बनाएको मिथिला चित्रकला ।
13/11/2025

यो १० वर्षको नानीले बनाएको मिथिला चित्रकला ।

Address

Janakpur

Telephone

+9779881336700

Website

Alerts

Be the first to know and let us send you an email when Inside Mithila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inside Mithila:

Shortcuts

Share