Ilam green photography

Ilam green photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam green photography, Photography Videography, सिंहवाहिनी, Ilam.

24/10/2026

🔴 इलाम बजारमा संचालन भइरहेको बिंगो/हाउजी खेल अन्तर्गत आज कार्तिक ७ गते शनिबार सम्पन्न खेलको हिसाब-किताब यसप्रकार रहेको छ ‼️

24/10/2026

🔴 नेपाली फूटबल टीमसॅंगै इलामे प्रनिश राई‼️
नेपाली फूटबल टीम अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एण्ड फेस्टिभलमा सहभागी हुन हिजो नेपालको राष्ट्रिय यु–१५ टोली त्यसतर्फ प्रस्थान गरेको छ !!
शुभकामना टीम नेपाल ⚽️👍!

24/10/2026

“ओ परदेश‼️ तिमी किन यति कठोर हौ ⁉️”
हिजो बिहान उठ्दा मोबाइलमा आमाको भ्वाइस मेसेज थियो।
“बाबु, आज टीका लगाउने दिन हो नि… तिमीलाई कस्तो छ त्यहाँ?”
आवाज सुन्दै मनभरि केही अड्कियो।
म यहाँ कतारको एउटा सानो कोठामा बसिरहेको छु। बाहिर ४५ डिग्रीको गर्मी। भित्र एसी चलिरहेको छ। तर मन चाहिँ हजारौँ किलोमिटर टाढा, इलामको चिसो हावासँगै बहिरहेको थियो ।

आज दशैं।

आज इलाम चोकबजारमा उसैगरी हाउजी खेलिरहेका होलान्। सोह्र-सत्र वर्षका केटाहरूदेखि असी वर्षका हजुरबाहरूसम्म जम्मा भएका होलान्। रमाइलो र होहल्ला … बजारमा दशैंको आफ्नै रौनक छाएको होला।

म पनि त्यहीँ कतै बसेर त्यो रमाइलो हेरिरहेको हुनुपर्ने थियो।

माइपोखरी उस्तै शान्त होला। पानीमा आकाशको प्रतिबिम्ब, वरिपरि हरियो जंगल अनि त्यो चिसो हावा। त्यहाँ पुग्दा मनमा छुट्टै शान्ति मिल्थ्यो। आज त्यही शान्ति सम्झेर मन भारी भइरहेको छ।

टारी बेसीतिर धानका बालाहरू झुलिरहेका होलान्। गाउँघरमा दशैंको चहलपहल होला। कोही टीका लगाउन आफन्तकहाँ जाँदै होलान्, कोही घरमै परिवारसँग बसेर रमाइरहेका होलान्।

चियाबारीले घेरिएको ढापपोखरी सम्झिन्छु। त्यहाँ बसेर बिताएका पलहरू सम्झिन्छु। कहिलेकाहीँ मान्छेले आफ्नो ठाउँको महत्त्व त्यहाँबाट टाढा भएपछि मात्रै बुझ्दो रहेछ।

गजुरमुखी धाम, सन्दकपुर, कन्याम, अन्तु डाँडा… इलामका यी ठाउँहरू सम्झिँदा मन झन् घरतिरै पुग्छ।

सन्दकपुरबाट देखिने कञ्चनजङ्घा सम्झिन्छु। बिहानको त्यो चिसो हावा, आँखाअगाडि फैलिएको हिमाल र आफ्नै ठाउँमा भएको अनुभूति सम्झिन्छु।

यी ठाउँहरू आज किन यति धेरै याद आइरहेका छन्, थाहा छैन। सायद दशैं भएर होला। सायद घर जान नपाएर होला। या सायद आफूले माया गर्ने ठाउँबाट टाढा हुँदा त्यहाँका सानाभन्दा साना कुराहरू पनि कति प्रिय हुँदा रहेछन् भन्ने महसुस भएर होला।

गत साल पनि यस्तै थियो।

आमाले भिडियो कलमा टीका लगाइदिने प्रयास गर्नुभयो।

“बाबु, क्यामेरा ठीक पार्… म टीका लगाइदिन्छु।”

म हाँसेँ। तर आँखाभरि आँसु थियो।

टीका लगाउने हातको न्यानोपन क्यामेराबाट आउँदैन।

आज पनि त्यही दिन आयो।

म कामबाट फर्केर कोठामा बसेको छु। टेबलमा एउटा सानो थाल राखेको छु— थोरै अक्षता, केही जमरा र एउटा रातो टीका।

आफैँले आफैँलाई टीका लगाएँ।

हात काम्प्यो।

एकछिन आँखा बन्द गरेँ। आमाको अनुहार सम्झिएँ। घरको आँगन सम्झिएँ। अनि मनमनै भनेँ—

“आमा… दिदी… दा जु …

म यहाँ छु।

तर मन त अहिले पनि इलाम चोकबजारमै छ। माइपोखरीको शान्तिमा छ। टारी बेसीका पहेलामपुर धानका झुलेका बालाहरूमा छ। ढापपोखरीको छेउमा छ। सन्दकपुरबाट कञ्चनजङ्घा हेरिरहेको छ।

म यहाँ तन ले मात्र छु। मेरो मन त घरमै छ।”

परदेशमा दशैं मनाउनु भनेको सायद यस्तै हो।

बाहिरबाट हेर्दा सबै ठीक छ। काम छ, कमाइ छ, जीवन चलिरहेको छ। तर मनभित्र एउटा ठूलो खालीपन हुन्छ, जसलाई न पैसाले भर्न सकिन्छ, न समयले।

आज टीका लगाएँ।

तर त्यो टीकामा आमाको हातको न्यानोपन थिएन । दाजु दिदीको माया थिएन। परिवारसँग बसेर हाँस्न पाउने खुसी थिएन।

थियो त केवल निधारमा एउटा रातो टीका र मनभरि घरको सम्झना।

इलाम…

तिम्रो चोकबजार, तिम्रो कन्याम, तिम्रा गाउँबस्ती, तिम्रा चियाबारी, तिम्रा डाँडाकाँडा र तिम्रो चिसो हावा…

फेरि कहिले घर आउने हो, थाहा छैन।

तर आज एउटा कुरा झन महसुस भयो—

जति टाढा गए पनि, जति पैसा कमाए पनि, जति ठूलो मान्छे बने पनि, दशैंमा आमाको हातबाट टीका लगाउन पाउने खुसीको कुनै मूल्य हुँदैन रहेछ।

मान्छेले घर छोड्न सक्छ। देश छोड्न सक्छ। तर आफ्नो घरसँग जोडिएको माया कहाँ छोड्न सक्दो रहेछ र?

दशैं त हरेक वर्ष आउँछ।

तर आमाबुबाको हातबाट टीका लगाउने ती पलहरू, परिवारसँग बिताएका ती दिनहरू र घरमा हुँदा सामान्य लाग्ने ती साना खुसीहरू नै जीवनका सबैभन्दा ठूला सम्पत्ति रहेछन्।

आज फेरि आफ्नै हातले आफैँलाई टीका लगाएँ।

आँखा रसाए।

अनि मनमनै भनेँ—

“आमा, अर्को दशैंमा घर आउन पाऊँ है। तिम्रो हातबाट टीका लगाउन मन छ।”

मन त अहिले पनि इलाम चोक बजारमा हाउजी खेलिरहेको छ।

माईपोखरीको शान्तिमा लुटुपुटु गरिरहेको छ ।

टारी बेसीको पहेँलो धानमा झुलिरहेको छ।

ढापपोखरीका चियाबगान छिचोल्दै छ।

मन सन्दकपुरबाट कंचनजङ्गालाई नियाल्दै छ ।

अनि मन गजूरमुखी धामको घण्टाको आवाज तोभाङमा बसेर महसुस गरिरहेको छ ।

परदेशमा दशैं मनाउनु भनेको यस्तै हो।

बाहिरबाट हेर्दा सबै ठीक छ।

भित्र चाहिँ एउटा ठूलो खालीपन बसेको हुन्छ— जसलाई न पैसाले रिप्लेस गर्छ, न समयले।

— एक परदेशी इलामेलीको मनबाट
कन्याम
Photo of Tari Beshi by Dinesh Dhakal

24/10/2026

🔴 इलाम सुर्योदय नगरपालिका फिक्कलमा भएको बिंगो/हाउजी खेलको हिसाब किताब सय प्रकार रहेकोछ ‼️
फिक्कल युनाइटेड क्लब ॥
#फिक्कलमा खेलमैदान_बनाउने_अभियान

24/10/2026

Address

सिंहवाहिनी
Ilam
57300

Website

Alerts

Be the first to know and let us send you an email when Ilam green photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share