Hamro online tv

Call

Hamro online tv Interested- photography and videography

पुनम गुरुङको कला यात्रा र राज गोरखालीको सञ्चार सहकार्य, काशीगाउँ तिहार मेलामा विशेष प्रस्तुतिगोरखा जिल्लाको धार्चे गाउँप...
02/11/2026

पुनम गुरुङको कला यात्रा र राज गोरखालीको सञ्चार सहकार्य, काशीगाउँ तिहार मेलामा विशेष प्रस्तुति
गोरखा जिल्लाको धार्चे गाउँपालिका–५, सिङ्लाबाट आफ्नो कला यात्रा सुरु गरेकी पुनम गुरुङ पछिल्लो समय विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममार्फत दर्शकमाझ परिचित हुँदै गएकी छन।

सिङ्लाको रेसे मेलाबाट स्टेज कार्यक्रममा पाइला टेकेकी पुनमले ऐतिहासिक गुम्दा आलु मेला हुँदै खोर्लाको दशैँ मेलासम्म आफ्नो प्रस्तुति दिइसकेकी छन्। छोटो समयमै दर्शकको माया र साथ पाउँदै कला क्षेत्रमा आफ्नो पहिचान विस्तार गर्ने क्रममा रहेकी पुनम अब आगामी २२ गतेदेखि २४ गतेसम्म आयोजना हुन गइरहेको काशीगाउँ तिहार मेलामा समेत आफ्नो प्रस्तुति लिएर उपस्थित हुँदैछिन्।

“राज गोरखाली : उत्तरी गोरखाको आवाजलाई सञ्चारमाध्यममार्फत जोड्दै”

उत्तरी गोरखामा सञ्चार तथा सूचना प्रवाहको क्षेत्रमा सक्रिय र चिरपरिचित नाम हो राज गोरखाली । स्थानीय कला, संस्कृति, पर्यटन, सामाजिक गतिविधि तथा गाउँघरका समाचारलाई फोटो, भिडियो र प्रत्यक्ष प्रसारणमार्फत स्वदेश तथा विदेशमा रहेका दर्शकमाझ पुर्‍याउँदै आएका राज गोरखाली स्थानीय प्रतिभा र सांस्कृतिक गतिविधिको प्रचारप्रसारमा समेत सक्रिय छन ।

यसै क्रममा पुनम गुरुङको कला यात्रालाई थप दर्शकमाझ चिनाउने उद्देश्यले राज गोरखालीले फोटो तथा भिडियो सामग्री निर्माण गर्नुका साथै काशीगाउँ तिहार मेलाको कार्यक्रमलाई राज गोरखाली मिडियामार्फत प्रत्यक्ष लाइभ प्रसारण गर्नेछन ।

यसले गाउँघरमा लुकेर रहेका प्रतिभा, स्थानीय कला, संस्कृति र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२२ देखि २४ गतेसम्म काशीगाउँमा भेटौँला!
पुनम गुरुङको विशेष सांस्कृतिक प्रस्तुति र राज गोरखाली मिडियाको प्रत्यक्ष लाइभ प्रसारणसहित काशीगाउँ तिहार मेलामा सहभागी बनौँ।

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीले निर्देशन दिनुभएको छ। गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गर...
31/10/2026

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीले निर्देशन दिनुभएको छ।

गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गर्दै पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुन्नुका साथै तत्काल आवश्यक कदम चाल्न आवश्यक निकायसँग समन्वयमा तत्परता देखाउनुभएको छ। 🙏

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति ग'म्भीर चासो जनाउँदै निर्माण क...
31/10/2026

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति ग'म्भीर चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए।

गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएको हो।

भारी वर्षाले खोर्लाबेँसी–लुसिकाङ जोड्ने सडक पुनः बगायोगोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ३ वर्षासँगै आएको बाढीले ख...
31/10/2026

भारी वर्षाले खोर्लाबेँसी–लुसिकाङ जोड्ने सडक पुनः बगायो

गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ३ वर्षासँगै आएको बाढीले खोर्लाबेँसी–लुसिकाङ जोड्ने सडक पुनः बगाएको छ
बूढीगण्डकी नदीको बहाव बढेसँगै सडकको ठूलो हिस्सा कटानमा परेको छ । यसअघि बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको सडक पुनः वर्षाका कारण बगाउँदा स्थानीयवासीको आवतजावत थप कष्टकर बनेको छ ।
लगातारको प्राकृतिक विपत्तिले धार्चेका सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति पुर्‍याइरहेको छ । सडक पुनः सञ्चालनमा ल्याउन अब थप चुनौती देखिएको छ ।
प्रकृतिको प्रहारले सडक पटक–पटक बगिरहँदा धार्चेवासीको यात्रा अझै कष्टकर बन्दै गएको छ।

31/10/2026

यसर भएको थियो उद्वार

२० दिन देखि फसेको सेती हिदो उद्दार गर्न सफल भएको छ ।
31/10/2026

२० दिन देखि फसेको सेती हिदो उद्दार गर्न सफल भएको छ ।

30/10/2026

गोरखा बुढीगण्डकी नदीमा आएको बाढीका कारण नदीमै फसेको कुकुरको २० दिनपछि आज Safely Rescue भएको छ। 🙏

आरुघाटका इन्सपेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषितइलाका प्रहरी कार्यालय आरूघाटका प्रहरी निरीक्षक अनि...
29/10/2026

आरुघाटका इन्सपेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

इलाका प्रहरी कार्यालय आरूघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।

सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्व इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
श्रेष्ठले असोज महिनामा अवैध हातहतियार नियन्त्रण, जबरजस्ती करणी गरी फरार व्यक्तिको पक्राउ तथा हिमाल आरोहणका क्रममा मृत्यु भएका विदेशी नागरिकहरूको शव उद्धारमा भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, २०८३ असोज २५ गते उङिगलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढीका पछि आम नागरिकलाई समयमै सुसूचित गराई सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हाल आकाशमा बादल लाग्ने तथा मौसममा परिवर्तन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ...
29/10/2026

हाल आकाशमा बादल लाग्ने तथा मौसममा परिवर्तन हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
असोज १३ र १४ गतेको मौसमलाई ध्यानमा राख्दै यात्रा गर्ने, पदयात्रामा निस्कने तथा पहाडी र हिमाली क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिन्छ ।
विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मौसम अचानक परिवर्तन हुन सक्ने भएकाले सम्भावित वर्षा, चिसो, कम दृश्यता तथा बाटो चिप्लिने जोखिमप्रति सचेत रहन आवश्यक छ। यात्रा गर्दा आवश्यक न्यानो कपडा, खानेपानी तथा अन्य आधारभूत सामग्री साथमा राख्नुहोस ।
त्यसैगरी, नदी तथा खोलानजिक बसोबास गर्ने नागरिकले पानीको बहावमा हुने परिवर्तनलाई ध्यान दिनुहोस्। मौसम प्रतिकूल भएमा अनावश्यक यात्रा नगर्नुहोस् र आधिकारिक मौसम पूर्वानुमान तथा स्थानीय प्रशासनले जारी गरेका सूचनालाई प्राथमिकता दिनुहोस ।

सुरक्षित रहौँ, सचेत बनौँ। मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौँ।

— हाम्रो अनलाईन टिभी

Address

Dharche 5 Singla
Gorkha

Telephone

+9779843681970

Website

Alerts

Be the first to know and let us send you an email when Hamro online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category