16/12/2025
"Issue भएपछिका प्रक्रिया केके हुन्?"
हरेक पटक यो प्रश्न धेरै नै आईरहेका हुन्छन्। Issue भएपछिका प्रक्रियाहरु क्रमागत रुपमा निम्नानुसार छन्। ध्यान दिएर पढ्नुहोला।
१. Mediation हुँदै Hired भएपछि 발급 हुन्छ,
२. यस पश्चात कम्पनिले तपाईंको Labor Contact (LC) Forward गर्नुपर्ने हुन्छ, ( Issue भएको दिनबाट ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि हुनसक्छ)
३. LC Forward भएपछि इपीएस कार्यालय, ग्वार्कोमा स्वयं उपस्थित भई LC Sign गर्नुपर्दछ। (LC Forward भएको भोलीपल्ट देखि ढिलोमा ७ दिन भित्र)
४. LC Sign गरेपछि तपाईंहरुले Training Form अनलाईन मार्फत भर्नुपर्ने हुन्छ, Sign भएपछि कुनै पनि ढिलाई नगरि Training Form भर्नुहोला,
५. LC Sign भएपछि CCVI आउँछ, तपाईंले Training नलिए पनि CCVI आउँछ, CCVI Form भर्न Training Certificate चाहिने भएकाले Training चाहिँ चाँडै लिनुपर्दछ, (CCVI पनि LC Sign भएको ३ महिना भित्र शनिबार र आईतबार बाहेक जुन दिन पनि आउनसक्छ)
६. CCVI आएपछि तुरुन्तै CCVI Form भर्नुपर्दछ, CCVI भर्न इपीएस, कार्यालय ग्वार्को मै जानुपर्नेछ,
७. CCVI भरेपछि तपाईंको File कोरियन Embassy मा पुग्छ र भिषा प्रक्रिया भई ९० दिनको भिषा लाग्दछ,
८. यस पश्चात Flight आउँछ,
९. Final Flight आएपछि Flight सुचनामा उल्लेख गरे अनुसार श्रम, बिमा साथै अन्य आवश्यक प्रक्रिया गरि Flight लिनुपर्दछ।
नोट: कोरिया जाने वा अन्य कुनै देश जाने तयारीमा रहनुभएका सबैले Personal PAN Card बनाएर राख्नुहोला, पछि सहज हुनेछ। Training Form र CCVI form भर्न आवश्यक कागजपत्र र तरिका जानकारीका लागि हाम्रो पेजको Pin Post मा जानुहोला।