23/03/2026
#एमाले नेता सन्ताेष ले छाेडे पार्टी # यस्ताे लेख्छन।
मेरा प्रियजन, सहयोध्दा कमरेड तथा पत्रकार साथीहरू !🙏
आज म खुसीसाथ नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु । अब उप्रान्त म एमाले पार्टीमा रहने छैन । यस दौरान साथ, समर्थन र सहयोग गर्नु हुने सबै कमरेडहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । साथै एमाले मै रहनु हुने प्रिय कमरेडहरुलाई निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।🙏🇳🇵
अबका दिनहरु एउटा असल नागरिकका रुपमा श्नमजीवि जनताका भावना, आकाँक्षा, जनजिवीकाका सवालहरु र पिरमर्कालाई मुखरित गर्दै जनसमुदायकै बिचमा समाज रुपान्तरणको अभियान र भ्रष्टाचार बिरुद्धको संघर्षमा जुटिरहनेछु ।✊🇳🇵
विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र जेन-जी बिद्रोहका महान सहिदहरु प्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै घाईते योध्दाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उनीहरुको योगदानलाई स्मरण गरी सुशासन सहितको समुन्नत नेपाल निर्माण गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु । धन्यवाद, नमस्कार । 🙏🇳🇵
सन्तोष आचार्य ।
9842732969
मेचीनगर-६, काँकडभिट्टा । झापा ।