18/05/2026
गोक २ ग्राम अन्तर्गत, अप्पर नेजी निवासी हाल भेल्लोरमा फोक्सोको रोगले ग्रसित भई उपचारधीन अवस्थामा रहेका बिरामी सन्दीप राईलाई आर्थिक सहयोग गर्न तीनवटा संस्थाहरू-१) पूर्व सैनिक अर्धसैनिक कोल्बुङ संगठन, २) मां सरस्वती बाल कल्याण संगठन र ३) पूर्व सैनिक बटालिक अनुभावी संगठन (B.C.L.S.R ) DARJEELING -ले बिरामी सन्दीप राईलाई तिनैवटा संस्थाबाट संकलित मोठ रकम २६,३०० रु बिरामी सन्दीप राईकै निज बासस्थान अप्पर नेजीमा गई QR CODE -को माध्यमद्वारा प्रदान गरे।
आर्थिक सहयोग पुर्याउने यी तीनैवटा संस्थाको बारेमा भूतपूर्व सैनिक श्रीमान असित राईले संस्थाको बारेमा बताउँदै भने कि, यी संस्थाहरू अराजनीतिक संस्था भएको अनि यी संस्थाहरूको मुख्य उद्देश्य आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा सहयोग पुर्याउने कुरा प्रकाश पारे।