Khagendra Jung Thakuri

09/09/2025

गण्डकी । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा आज अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भए.....

08/09/2025

प्रिय Gen Z,

भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ‌ऐक्यबद्दता प्रकट गर्दछु ।

रवि लामिछाने
हाल: नक्खु कारागार, ललितपुर
(निजी सचिवालय मार्फत्)

08/09/2025
08/09/2025

आमा, मेरो शरीरले तिमीलाई तर्सायो होला,
तर मेरो आत्मा देशको लागि उठ्यो, कहिल्यै झुक्यो होला?
सडकमा गुञ्जियो गोलीको आवाज,
तर मेरो सपना, मेरो संघर्ष, कहिल्यै मरेन हृदयको भित्र।
देशका लागि चक्रवात झेलें,
आशा र न्यायका लागि मेरो रगत बगाएँ।

तिमीले मात्र होइन, देशले पनि सम्झिरहुन्,
बलिदान मेरो, तर उज्यालो हाम्रो भविष्यको लागि।
गोलि लाग्दा पनि म डगमगाइनँ,
मेरो आत्मा आज पनि सडकमा गुञ्जिरहन्छ।
आमा, आँशु पुछ, मेरो मृत्यु व्यर्थ होइन,
यो देशको लागि, यो जनताको लागि, म अमर भइसकेँ।

08/09/2025

बालेनलाई नेतृत्व लिन जेन-जीको दबाब: “अहिले नलिने भए कहिल्यै नलेऊ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई नेतृत्व लिन जेन-जीले दबाब दिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले “अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ” भन्दै आग्रह गरेका हुन् । माइतीघरबाट संसद् भवनसम्म पुगेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग गर्दा १५ जना घाइते भएका छन् । राजधानीबाहेक चितवन, कास्की, इटहरी, बुटवल, झापालगायत सहरमा पनि प्रदर्शन भएको छ । बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै शान्तिपूर्ण आन्दोलन गर्न आह्वान गरेका छन् ।

Address

Plumstead
London
SE181AA

Website

Alerts

Be the first to know and let us send you an email when Khagendra Jung Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share