08/07/2026
' पापबाट मुक्ती हुने सरल उपाय '
मैले कसको के बिगारेको थिए र, किन मलाई यति दुःख ? भनेर भगवानलाई प्रश्न गर्नेहरूलाई एउटा प्रश्न कसैले सोधेछ्न, तिमी हामीले कहाँ कति धर्म गरेका छौ
सत्य त यो हो, जानी नजानी पाप त हरेक पलमा सबैबाट भइरहेकै हुन्छ। हिड्दा साना जीव मर्छन्, बोल्दा असत्य मिसिन्छ, कहिलेकाही झुट पनि निस्कन्छ। हामीले खाएको प्रत्येक गाँस कुनै न कुनै सजीव जीवनसँग जोडिएको हुन्छ।
त्यसैले आफूलाई पूर्ण निर्दोष ठान्नु भ्रम हो। बरु सोचौ कसैको मन कति दुखायौ, कसैको आँसु कति पुछ्यौ, कुनै भोकाएको जीवलाई एक गाँस खाना कति पटक खुवायौ ।
जीवनको सार यही हो! पापबाट पूर्ण मुक्त कोही छैन, तर सकेसम्म अरूको दुःख कम गर्नु र असल कर्म गर्दै हिँड्नु नै सायद सबैभन्दा ठूलो धर्म हो।